Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० वटा स्टार्टअप छनौट

ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमा १० वटा स्टार्टअप छनौट


काठमाडौं । नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सेलेटर कार्यक्रम सुरु गरेका छन् ।

स्टार्टअपहरुलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न कार्यक्रमअन्तर्गत सुरुमा १० स्टार्टअप कम्पनी छानिएका छन् । छानिएका १० स्टार्टअपहरुमा फोकसवान पेमेन्ट सोलुसन्स, राइट टिम्स, खेती मेन्चर्स, वाइज्याक सोलुसन्स्, इन्ग्रेल्स, डक्टर्स अन कल, बिहेनेपाल, कारखाना, डेलिस डाइरिज, सेभेन मल्टी ट्रेडिङ छन् ।

छानिएका स्टार्टअप कम्पनीहरुलाई ग्रोथएक्स एभरेष्ट एक्सेलेटरमार्फत आगामी तीन महिनासम्म मेन्टरसिप, बजार पहुँचका लागि भारत भ्रमण, लगानीकर्ता तथा कर्पोरेट सम्बन्ध विस्तारमा सहजीकरण प्रदान हुनेछ । चार संस्था मिलेर स्थापना भएको एक्सेलेटर कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने छ । यसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमाआधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्न योगदान पु-याउने आयोजकको दाबी छ ।

ग्रोथएक्स एभरेष्ट कार्यक्रमले नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्अपहरूलाई स्केलिङ अप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्ने उद्देश्य छ । परिसंघ र परिसंघ युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्त रूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्ना उद्यम सञ्चालन गर्ने संस्थापकहरूलाई सहभागी गराउनेछ । यसले नेपाली स्टार्टअपहरुलाई अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त उद्योगीहरु, डोमेन विशेषज्ञहरू, सफल संस्थापकहरू र लगानीकर्ताहरूबाट सल्लाह प्राप्त हुनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ । यसले नेपालमा एक सम्पन्न प्राविधिक स्टार्टअप इकोसिस्टम निर्माण गर्न मद्दत पुग्ने परिसंघको विश्वास छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया