सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने
अमेरिका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्धनिर्देशकले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएकी छिन् ।
‘बढ्दो भूराजनीतिक तनाव र अझै पनि उच्च मुद्रास्फीतिको साथ, एक मजबुत सुधार असम्भव छ’, क्रिस्टालिना जर्जिएभाले अर्को हप्ता आईएमएफ र विश्व बैंकको वसन्त बैठकअघि तयार पारेको रिपोर्टबारे जानकारी दिइन् ।
‘विशेष गरी सबैभन्दा कमजोर व्यक्ति र देशहरूका लागि आर्थिक वृद्धिको यो तथ्यांकले सबैको सम्भावनालाई हानि पु¥याउँछ’, उनले भनिन् । रूसले युक्रेनमाथि गरेको आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरंग ल्याउँदा गत वर्ष विश्वको आर्थिक वृद्धिदर झण्डै आधा घटेर ३.४ प्रतिशतमा झरेको थियो ।
एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान गरेका छन् । तर विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाहरूको लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद् खबरलाई पछि पार्ने देखिएको छ ।
‘निकट र मध्यावधि दुवैमा ऐतिहासिक तुलनाका आधारमा आर्थिक वृद्धि दर कमजोर छ’, उनले भनिन् । उनले आगामी आधा दशकमा विश्वको आर्थिक वृद्धिदर करिब तीन प्रतिशत रहने र यो सन् १९९० को दशकयताकै सबैभन्दा कम मध्यम अवधिको प्रक्षेपण भएको बताइन्, ‘कम आय भएका देशहरूले उच्च ऋण लागत र उनीहरूको निर्यातको मागमा आएको गिरावटका कारण दोहोरो झट्का भोग्ने अपेक्षा गरिएको छ, जसले गरिबी र भोकमरी बढाउन सक्छ ।’
‘कम आय भएका करिब १५ प्रतिशत मुलुक पहिलेदेखि नै ऋण संकटमा छन् र अन्य ४५ प्रतिशतले उच्च ऋण जोखिमको सामना गरिरहेका छन्’, उनले भनिन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया