Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा साइप्रसमा रहेका नेपाली विद्यार्थीको हकमा तीन सय युरोसम्म पठाउने व्यवस्था

राष्ट्र बैंकद्वारा साइप्रसमा रहेका नेपाली विद्यार्थीको हकमा तीन सय युरोसम्म पठाउने व्यवस्था


काठमाण्डौं,फागुन १६

राष्ट्र बैंकद्वारा साइप्रसमा रहेका नेपाली विद्यार्थीको हकमा तीन सय युरोसम्म पठाउने व्यवस्था नेपाल राष्ट्र बैंकले साइप्रसमा रहेका नेपाली विद्यार्थीहरुको लागि तीन सय युरोसम्मको परिवत्र्य विदेश मुुद्रा पठाउन सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले शुुक्रबार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गरी उक्त व्यवस्था कार्यान्वययमा ल्याएको हो । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार अब वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुले साइप्रसमा रहेका नेपाली विद्यार्थीहरुले पाउने गरी नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने नो अब्जेक्सन लेटर र सर्टिफिकेटविना पनि सम्बन्धित विद्यार्थीका अभिभावक एवं आफन्तको आग्रहमा रकम पठाउन सक्नेछन् । यसको लागि पठाएको रकम प्राप्त गर्ने व्यक्ति हाल साइप्रसमा रहेको हुुनुुपर्ने, विद्यार्थीको निर्वाह शुल्कबापतको रकम पठाउँदा उक्त विद्यार्थी साइप्रसमा अध्ययन गरिरहेको कागजातसहित बैंक तथा वित्तीय संस्थाहरुमा निवेदन पेस गर्नुुपर्नेछ ।

परिपत्रमा उल्लेख भएअनुसार रकम पठाउँदा बढीमा तीन सय युरो वा सोबराबरको परिवत्र्य विदेशी मुुद्रा मात्र पठाउन सकिनेछ । साइप्रसस्थित रकम प्राप्त गर्ने विद्यार्थीका अभिभावक वा आफन्तले मात्र यसरी रकम पठाउन पाउने परिपत्रमा उल्लेख छ ।यसैगरी सटही सुविधा माग गर्ने व्यक्तिले अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नुुपर्नेछ । परिपत्रमा उल्लेख भएअनुसार यसरी प्रदान गरिने सटही सुविधासम्बन्धी विवरण महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित बैंकले नेपाल राष्ट बैंकको विदेशी विनिमय विभागमा दिनुुपर्नेछ । यस्तो रकम दुुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक वा आफन्त जिम्मेवार हुुनुपर्ने राष्ट बैंकले जनाएको छ ।

विपन्न वर्गमा बैंकहरुको कर्जा लगानी विस्तार

कुल कर्जाको सात प्रतिशत अर्थात् एक खर्ब  ९६ अर्ब २५ करोड रुपैया“ कर्जा विपन्न वर्गमा

विपन्न वर्ग क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले ३१ खर्ब ८५ अर्ब ६२ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेकोमा त्यसको सात प्रतिशत अर्थात एक खर्ब ९६ अर्ब ३५ करोड ८० लाख रुपैयाँ कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो कुल कर्जाको छ दशमलव ६१ प्रतिशत कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका थिए । उक्त अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतले कुल २७ खर्ब ६१ अर्ब ८४ करोड ३२ लाख रुपैयाँको हाराहारीमा कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा मात्र प्रवाह गरेको कर्जा रकम एक खर्ब ६० अर्ब ६६ करोड ६० लाख १० हजार रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले मात्र आफ्नो कुल कर्जाको छ दशमलव ४७ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुले २७ खर्ब ५४ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेकोमा विपन्न वर्गमा मात्र प्रवाह भएको कर्जा रकम एक खर्ब ५९ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले २३ खर्ब ८९ अर्ब १० करोड २२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको छ दशमलव २४ प्रतिशत अर्थात् एक खर्ब ३० अर्ब ९३ करोड ६५ लाख ३० हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।


राष्ट्र बैंकका अनुसार विकास बैंकहरुले भने आफ्नो कुल कर्जाको ११ दशमलव ११ प्रतिशत कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेका छन् । चालू आवको पछिल्लो सात महिनामा सञ्चालनमा रहेका २४ वटा विकास बैंकहरुले तीन खर्ब ५७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा मात्र ३० अर्ब ८० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले दुई खर्ब ३८ अर्ब ९१ करोड २२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको नौ दशमलव ६४ प्रतिशत अर्थात् २६ अर्ब ३० करोड ४३ लाख ६० हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए । सञ्चालनमा रहेका २२ वटा फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो सात महिनामा विपन्न वर्ग क्षेत्रमा मात्र पाँच अर्ब ६४ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकमको आठ दशमलव ५६ प्रतिशत हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा फाइनान्सहरुले ७३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्सहरुले ६३ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको छ दशमलव नौ प्रतिशत अर्थात् तीन अर्ब ४२ करोड ३५ लाख ४० हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x