ताइवानलाई घेराबन्दी गर्ने अभ्यास गर्दै चिनियाँ सेना
काठमाडौं,चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ।बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ।
उसको अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको “कडा चेतावनी”का रूपमा उल्लेख गरेको छ।
ताइवानी राष्ट्रपति साई इङ-वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो।
ताइवानको रक्षा मन्त्रालयले ७१ वटा चिनियाँ सैन्य विमान र ९ वटा सैन्य पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको जनाएको छ। त्यो चिनियाँ र ताइवानी क्षेत्रलाई अनौपचारिक रूपमा विभाजन गर्ने रेखा हो।
ठूलो सैन्य उपस्थिति
चीनका राज्य सञ्चालित सञ्चारमाध्यमले उक्त सैन्य अभ्यासले “एकै साथ ताइवान टापुको वरिपरि गस्ती र सैन्य अग्रतालाई व्यवस्थित गर्ने र चौतर्फी घेराबन्दी तथा प्रत्याक्रमणको सङ्केत गर्ने” जनाएका छन्।
उनीहरूले “लामो दूरीको रकेट, नौसेनालाई ध्वस्त पार्ने अस्त्र, क्षेप्यास्त्र बोक्नसक्ने डुङ्गा, वायुसेना, लडाकु, बमवर्षक विमान”लगायत चिनियाँ सेनाले तैनाथ गरेको पनि जनाएका छन्।
ताइवानले आफूलाई एउटा सार्वभौम देश मान्छ र उसको आफ्नै संविधान तथा नेताहरू रहेका छन्।
तर चीनले उक्त टापुलाई आफ्नै टुक्रिएर गएको भू-भाग ठान्छ र त्यो अन्तत: बेइजिङ अन्तर्गत आउनुपर्ने रूपमा हेर्छ। उसले त्यसका लागि आवश्यक परे बल प्रयोग चेतावनी दिने गरेको छ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँगको “पुन: एकीकरण” जसरी पनि पूरा गर्नुपर्ने बताइसकेका छन्।
चीनले सैन्य अभ्यास गर्नुको कारण
चीनले प्रायः ताइवानको वरिपरि यस्तो खालको सैन्य अभ्यास गर्ने गर्छ।तर यसपालि ताइवानका राष्ट्रपतिले बुधवार अमेरिकी तल्लो सदनमा सभामुखसँग भेटेपछि त्यसको प्रतिक्रियास्वरुप अहिलेको सैन्य अभ्यास गरेको ठानिएको छ।
ताइवानी राष्ट्रपति शनिवार उनको सरकारले अमेरिका र अन्य लोकतान्त्रिक राष्ट्रहरूसँग काम गरिरहने बताएकी छन्।
उनका भनाइमा उक्त टापुले चीनबाट “निरन्तर अधिनायकवादी विस्तारवाद”को सामना गरिरहेको छ।
ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई “युनाइटेड शार्प स्वर्ड” भनिएको छ।यो अभियान सोमवारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ।
ताइवानको रक्षा मन्त्रालयले आफूले चीनको अभ्यासलाई “शान्त, तर्कसङ्गत र गम्भीर ढङ्गका साथ” जवाफ दिने बताएको छ।
त्यो द्वन्द्व पनि नबढाउने र आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न विवाद पनि ननिम्त्याउने आफ्नो सिद्धान्तमा आधारित भएको ताइवानको भनाइ छ। (बीबीसी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया