नयाँ वर्षमा होटल भ्यु भृकुटीको विशेष प्याकेज
काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यु भृकुटीले विशेष प्याकेज ल्याएको छ । ‘न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेसन स्न्याक्स, लक्जरियस अकोमोडेसन, बफेट ब्रेकफाष्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको सुविधा छ । नयाँ वर्ष मनाउन होटलमा आउनेहरुको लागि १३ हजार रुपैयाँमा प्रतिजोडी, स्न्याक्स, डिनर, बस्नको लागि रूम र भोलिपल्टको ब्रेकफास्ट व्यवस्था गरिएको होटलका प्रबन्धनिर्देशक समिर लामाले बताए । सातदोबाटो चक्रपथबाट सात किलोमिटरको दूरीमा रहेको यो होटलमा ७० वटा कोठाहरु, साउना, स्ट्रिम, स्विमिङ पुल तथा मनोरञ्जनको व्यवस्था मिलाइएको छ । यसका साथै होटलमा रोयल बोटानिकल गार्डेननजिकै अवस्थित रहेकोले थप आकर्षक बनाएको कार्यकारी निर्देशक सागर भुसालले बताए ।
होटलले नेपाली संस्कार र परम्पराअनुसार सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । यसका साथै होटलबाट तीन किलोमिटरको दूरीमा रहेको शान्ति जंगलमा सफारी गर्ने अवसर पनि प्रदान गर्दछ । त्यस्तै फुलचोकी डाँडा पनि होटलबाट नजिकै भएकाले होटलमा आएका पाहुनालाई त्यहाँ पैदल यात्रा (हाइकिङ), वाइकिङ, प्याराग्लाइडिङको पनि सुविधा प्रदान गर्ने वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामाले बताए । होटलमा साउना, ज्याकुजी, जीम, स्विमिङ पुलको सेवा पनि छ । होटलमा आउने पाहुनाहरुले निःशुल्क पौडीको आनन्द लिन पाउँछन् भने साउना, ज्याकुजी र जीमका लागि थप शुल्क तिर्नुपर्दछ । होटलमा चौबीसै घण्टा सबै प्रकारका खानाहरु उपलब्ध हुन्छ । आइरन टेरेस्ट रेस्टुरेन्ट होटलको रुफ टपमा अवस्थित छ, जहाँबाट पाटन र काठमाडौं उपत्यकाको हरियो डाँडा हिमालहरुको अवलोकन गर्दै मिठो खानाको परिकारमा रम्न सकिन्छ । यो रेस्टुरेन्ट बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म खुल्छ ।
रेड ड्रप र छुपा रेस्टुरेन्टमा ब्रेकफास्ट, लञ्च र डिनरको राम्रो व्यवस्था छ । बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म यी रेस्टुरेण्ट खुल्ला हुन्छ । छुपा रेस्टुरेन्टमा एक सय ५० जना अट्ने क्षमता छ भने रेड ड्रपमा सय जना अट्ने क्षमता छ । त्यसैगरी ब्ल्याक र ह्वाइट बारहरुमा बहुराष्ट्रिय ब्राण्डका पेय पदार्थहरु ककटेल र मकटेलका साथमा स्न्याक्सका साथ खाने व्यवस्था रहेको होटलका वरिष्ठ कार्यकारी सेफ लामाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया