एसियन पेन्ट्सका नयाँ उत्पादन बजारमा
काठमाडौं । एसियन पेन्ट्सले आफ्ना नयाँ उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीले हालै होटल सोल्टीमा एक विशेष समारोहको आयोजना गरी नयाँ उत्पादन बजारमा ल्याएको हो ।
कम्पनीले दुई सयभन्दा बढी डिलरहरुको माझमा स्मार्टकेयर समूहका दुई नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक सार्वजनिक गरेको जनाएको छ । यी उत्पादनले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्छ । यस्तै कम्पनीले अरु दुई उत्पादन रोयल प्ले समूहअन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ । रोयल प्ले समूहका उत्पादनहरुले घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने सपनाहरु पूरा गरिदिन्छ ।
कम्पनीका अनुसार सिलिकन शिल्डकोे एक जलप्रतिरोधक तत्व हो, जसमा उत्कृष्ट पेनीट्रेटिभ फर्मुलेसन रहेको छ, यो इँट्टाहरु, ढुङ्गाहरु र क्ले टायलहरुको लागि अनुकूल छ । घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिन्छ । त्यसैगरी हाइड्रोलक एक अर्को पेनिट्रेटिभ जलप्रतिरोधक सोलुसन हो, जुन प्लाष्टर गरिएका भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त छ । यस्तै रोयल प्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्ल इफेक्टमा उपलब्ध छ । अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया