Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र उत्थान लघुवित्तको खुद मुनाफा ८३ लाख ८३ हजार

राष्ट्र उत्थान लघुवित्तको खुद मुनाफा ८३ लाख ८३ हजार


काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८३ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ६८ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब २४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गी तीन अर्ब ४६ करोड १३ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड पाँच लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड नौ लाख ८२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७३ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब १३ करोड चार लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब दुई करोड ८१ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड २२ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ लाख २० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव शून्य तीन प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया