Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारपाँच अंकले उक्लियो सेयर बजार

पाँच अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २८ दशमलव ३१ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पाँच दशमलव ५४ अंकले उकालो लागेर १९ सय ४४ दशमलव शुन्य दुई अंकमा पुग्न सफल भएको हो ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८८ अंकले उकालो लागेर तीन सय ४९ दशमलव ६६ बिन्दुमा पुग्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएको छ । जसबाट ३५ हजार पाँच सय ४९ पटकको कारोबारमा २९ लाख ६० हजार आठ सय ६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहहरुको सेयर कारोबार भएको छ । जसमध्ये फाईनान्स उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया