फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीको छापा सहित चारजना पक्राउ
काठमाडौँ । डिल्लीबजार काठमाडौँमा सञ्चालित रहेको फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले कन्सल्टेन्सीको आवरणका ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा छापा मारेर चार जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, चितवनको भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी रहेका छन् ।
प्रहरीले कन्सल्टेन्सीबाट बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरेको छ । साथै विभिन्न सरकारी कार्यालयका ६ थान छाप, सरकारको छाप लगाएका कागजातहरु र कम्यूटर बरामद गरेको एसएसपी कार्कीले जानकारी दिएका छन् । प्रहरीले आरोपीहरुविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको बताएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया