Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारएक अर्बको पनि सेयर कारोबार भएन

एक अर्बको पनि सेयर कारोबार भएन


काठमाडौं । सेयरबजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन २८ दशमलव ३१ अंकले ओरालो लागेको बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार पाँच दशमलव ५४ अंकले उकालो लागेर १९ सय ४४ दशमलव शून्य दुई अंकमा पुग्न सफल भएको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८८ अंकले उकालो लागेर तीन सय ४९ दशमलव ६६ विन्दुमा पुग्न सफल भएको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । जसबाट ३५ हजार पाँच सय ४९ पटकको कारोबारमा २९ लाख ६० हजार आठ सय ६३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन १३ वटा उपसमूहहरुको सेयर कारोबार भएको छ । जसमध्ये फाइनान्स उपसमूहको सूचक एक दशमलव ६३ अंकले ओरालो लागेर १५ सय ४४ दशमलव ३० अंकमा झरेको छ भने बाँकी उपसमूहहरुको सूचक उकालो लागेका छन् । यस दिन वाणिज्य बैंक उपसमूहको सूचक चार दशमलव १३ अंकले उकालो लागेर एक हजार एक सय ९१ दशमलव ९४ विन्दुमा चढेकोमा विकास बैंक उपसमूहको सूचक १८ दशमलव १५ अंकले उकालो लागेर तीन हजार तीन सय ६९ दशमलव ८२ विन्दुमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि पाँच दशमलव ९६ अंकले उकालो लागेर दुई हजार चार सय १३ दशमलव ९९ विन्दुमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि १६ दशमलव १६ अंकले उकालो लागेर नौ हजार दुई सय सात दशमलव ४३ विन्दुमा चढेको छ । यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि ३१ दशमलव शून्य छ अंकले उकालो लागेर आठ हजार तीन सय २२ दशमलव २६ विन्दुमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र टे«डिङ उपसमूहहरुको सूचक पनि क्रमशः ५३ दशमलव ५१, शून्य दशमलव शून्य नौ, १६ दशमलव १४, छ दशमलव ६९, शून्य दशमलव ५४ र २६ दशमलव ९२ विन्दुले उकालो लागेका छन् ।

यस दिन बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय २४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य पनि नौ दशमलव ९७ प्रतिशतले बढेर तीन सय ७७ रुपैयाँ १० पैसामा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक वाराही हाइड्रोपावर कम्पनी लिमिटेड, मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेर आठ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि पाँच दशमलव २५ प्रतिशतले घटेर तीन सय सात रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक इष्टर्न हाइड्रोपावर कम्पनी, मैलुङखोला जलविद्युत् कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता तीन सय ९२ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ८४ लाख १८ हजार छ सय ४३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता तीन सय २४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा छ करोड ६५ लाख ६८ हजार पाँच सय ८० रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया