सेयरबजारका ५५ लाख बढी लगानीकर्ता मारमा
काठमाडौं । सेयरबजार परिसूचक निरन्तररुपमा ओरालो लाग्दा ५५ लाख बढी लगानीकर्ता मर्माहत भएका छन् । सेयर लगानीकर्ताहरुको संगठनका तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका सुदूरपश्चिम संयोजक कुमार थापाले सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालसँग भेट गरी गुनासो पोखेका हुन् ।
भेटका क्रममा १० बुँदे माग अघि सार्र्दै उनीहरुले भने, ‘पुँजीबजारको इतिहासमा सबैभन्दा बढी अर्थात् पुँजीकृत रकम १५ खर्ब रुपैयाँ गुमाइसक्दा पनि सम्बन्धित पक्ष मौन रहँदा ५५ लाखभन्दा बढी लगानीकर्ताहरु मर्माहत भएका छन् ।’ उनीहरुले बोर्डले गरेको नयाँ ब्रोकर लाइसेन्सको निर्णय स्वागतयोग्य भएको भन्दै ब्रोकर कमिसन शून्य दशमलव १५ प्रतिशतमा कायम गर्न समेत माग गरेका छन् । ‘लगानीकर्ताहरुको बढ्दो सेयर खरिदबिक्री लागतलाई न्यूनीकरण गर्न हाल रहेको महँगो ब्रोकर कमिसन तिर्दै आएकोमा बढीमा शून्य दशमलव १५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर कायम गरियोस्’, उनीहरुले भनेका छन् । यसैगरी उनीहरुले बोर्डका अध्यक्ष हमालसमक्ष दीर्घकालीन लगानीकर्ता र अल्पकालीन लगानीकर्ताहरुको वर्गीकरण गरी दीर्घकालको लागि तीन प्रतिशत र अल्पकालको लागि पाँच प्रतिशत पुँजीगत लाभकर कायम गर्न पनि माग गरेका छन् ।
लगानीकर्ताहरुले डीपी चार्ज रकम २५ रुपैयाँ कायम भइरहेको अवस्थामा उक्त रकम पुनरवलोकन गरी बढीमा पाँच रुपैयाँ कायम गर्न पनि माग गरेका छन् । यसैगरी दोस्रो बजारमा हुने अस्वाभाविक उतारचढावलाई न्यूनीकरण गर्नको लागि मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरुको छिटोभन्दा छिटो बजार प्रवेशको वातावरण मिलाउन पनि लगानीकर्ताहरुले माग गरेका छन् । यीबाहेक अप्सन ट्रेडिङ, फ्युचर मार्केट, इन्ट्रा डे मार्केट र सर्ट सेलको कारोबार तत्काल गर्ने व्यवस्थाको माग पनि लगानीकर्ताहरुले गरेका छन् । लगानीकर्ताहरुले केवाईसी डिजिटल सुरु गरी भौतिक केवाईसी अन्त्य गर्न, ब्रोकर कम्पनीमार्फत सुरु गर्ने भनिएको मार्जिन लेण्डिङको व्यवस्था अविलम्ब सुरु गर्न, नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको सीमा १२ करोड रुपैयाँ लागू गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गर्न र नेपाल राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको भारित औसत दर एक सय प्रतिशत नै कायम गर्न विशेष पहल गर्न पनि बोर्डका अध्यक्ष हमालसँग माग गरेका छन् ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया