ग्यापुभर्सरीको अवसरमा ग्यापुमा ८० प्रतिशतसम्म छुट
काठमाडौं । नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव (ग्यापुभर्सरी)को अवसरमा ८० प्रतिशतसम्मको छुट अफर ल्याएको छ ।
कम्पनीले तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरूका लागि नयाँ अफर ल्याएको हो । कम्पनीमार्फत सामान खरिद गरी माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा एक हजार ८० रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने कम्पनीले जनाएको छ । इलेक्ट्रोनिक्स, होम अप्लायन्स, ब्युटी एण्ड हेल्थ, फेसन, मेड इन नेपाललगायतका सामग्रीहरूको खरिदमा छुट तथा क्यासब्याक योजना ल्याइएको कम्पनीका अपरेसन म्यानेजर अशोक कार्कीले जानकारी दिए । नगद छुट तथा फिर्ताका साथै कम्पनीले ग्राहकहरूलाई विभिन्न गिफ्ट ह्याम्पर्स दैनिक रूपमा जित्ने अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार, नेपालमा सञ्चालित मुख्य–मुख्य वालेटहरूमार्फत कारोबार गर्दा वा बिल तिर्दा हरेक दिन सय प्रतिशतसम्मको क्यासब्याक समेत पाउन सकिनेछ । यो अफर चैत २८ देखि वैशाख २ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकले पाँच हजारभन्दा बढी सामानमा छुट पाउने कम्पनीको भनाइ छ । ग्यापुमा दुई लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया