विद्युतीय सवारीसाधनहरुको उत्पादन र बिक्रीमा जोड
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अटोमोबाइल व्यवसायीहरुलाई विद्युतीय सवारीसाधनहरुको उत्पादन र बिक्रीमा जोड दिन आग्रह गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि मण्डलसंघको भेटमा मन्त्री महतले विद्युतीय सवारीसाधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
यस्तै उनले अटोमोबाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने बताए । कुन–कुन विषयहरुमा अटोमोबाइल व्यवसायीहरुलाई समस्या परेको हो । त्यसबारे आउँदो बजेट सुझावमा समावेश गरी पठाइदिन समेत उनले आग्रह गरे । भेटमा नाडाका अध्यक्ष ध्रुव थापाले विद्युतीय सवारीसाधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन आग्रह गरे । यस्तै उनले सवारीसाधनहरुलाई सरकारले विलासिताको वस्तुमा वर्गीकरण गरी सोहीअनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दै सवारीसाधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे । यसैगरी उनले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउन र भाडामा चल्ने सार्वजनिक महत्वका सवारीसाधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन माग गरे ।
छलफलमा अध्यक्ष थापाले अटोमोइल स्पेयर पार्ट्सको चोरी पैठारी निकै बढेको उल्लेख गर्दै त्यसको रोकथाम गर्न सकिएमा राजस्व पनि बढने सुझाव दिए । छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले डिजेलबाट चल्ने सवारी तथा ढुवानीका साधनहरुमा लाग्ने महशुल घटाउन आग्रह गरे । सार्वजनिक महत्वका सवारी तथा ढुवानीका साधनहरु डिजेलबाट चल्ने र हाल डिजेलको भाउ उच्च विन्दुमा पुगेको कारण त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव बजारमा परेको उनको भनाइ थियो । छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, सुदुर पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्यसमिति सदस्य पुष्कर ओझा, केन्द्रीय कार्यसमिति सदस्य तथा राजस्व समितिका सभापति आकाश गोल्छालगायतको उपस्थिति थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया