Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको धारापानी शाखाद्वारा शैक्षिक सामग्री वितरण

सिटिजन्स बैंकको धारापानी शाखाद्वारा शैक्षिक सामग्री वितरण


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेशअन्तर्गत धारापानी शाखाले आउँदै गरेको १६औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै श्री मनकामना आधारभूत विद्यालय, नवलपुरमा विद्यालयको वार्षिक दिवसमा सीमान्तकृत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रममा शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत सीमान्तकृत विद्यार्थीहरूलाई आर्थिक र सामाजिकरूपमा विपन्न पृष्ठभूमिका सीमान्तकृत विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । शैक्षिक सामग्री वितरणलाई विद्यार्थी र उनीहरूका परिवारहरूले राम्रोसँग स्वागत गरेका थिए र उनीहरूको सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरे । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरूमार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैंकले आगामी दिनहरूमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ । बैंकले धारापानी शाखासहित देशैभरि फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, एक सय ३९ वटा एटीएम तीनवटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया