Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजार परिसुचक १८ सय ७१ बिन्दुमा

बजार परिसुचक १८ सय ७१ बिन्दुमा


काठमाडौं । सेयर बजारको उकालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि कायम रहेको छ । अघिल्लो दिन झण्डै छ अंकले उकालो लागेको बजार परिसुचक यसदिन २७ दशमलव ३१ अंकले उकालो लागेर १८ सय ७१ दशमलव ३३ बिन्दुमा कायम कायम रहेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन पाँच दशमलव ७९ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ४५ बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६२ वटा कम्पनीहरुको ३५ हजार दुुई सय ३७ पटक सेयर किनबेच भएको छ । जसबाट ३३ लाख १५ हजार सात सय २० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९४ करोड ५२ लाख ४९ हजार एक सय ७९ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सचक उकालो लागेर सेयर बजार परिसुचक पुरै हरियो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया