Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलघुवित्तपीडितको आन्दोलनका थप कार्यक्रम घोषणा

लघुवित्तपीडितको आन्दोलनका थप कार्यक्रम घोषणा

वैशाख पाँच गतेबाट आमरण अनसन बस्ने


काठमाडौं । डेढ वर्षदेखि आन्दोलनरत लघुवित्त पीडितहरूले सरकारसँग न्यायको माग गरेका छन् । मंगलबार संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । ‘सरकार कि हामीहरूलाई मुक्ति देऊ कि गोली हानिदेऊ’ भन्ने नारासहित थप संघर्षका कार्यक्रम घोषणा गरिएको लुघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले जनाएको छ ।

समितिका अध्यक्ष मनिराम ज्ञावालीले आफ्नै नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । त्यस्तै, देशव्यापीरूपमा संघर्षलाई थप आक्रामक गर्ने बताएका छन् । चैत २१ देखि माइतीघर मण्डलामा अनशनरत पीडितहरूले लघुवित्तले आफूहरूलाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको बताए । उनीहरूले आफूहरू घरमा बस्न नसक्ने अवस्था आउँदा समेत सरकारले ध्यान नदिएको बताएका छन् ।

समितिका अध्यक्ष ज्ञावालीले पीडितहरूको जीवन मर्नु न बाँच्नुको अवस्थामा पु¥याउने लघुवित्तले कयौँको ज्यान लिइसकेको र सयौँलाई विस्थापित गरिसकेको जानकारी दिए । ज्ञावालीले न्यायको निम्ति आफूहरूले निष्कर्षसहित अन्तिम लडाइँको लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए ।

संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरू लघुवित्तहरूको ऋणि भएको र अधिकांशलाई ब्याजको स्याज लगाएर गैरकानुनी तरिकाले यातना दिएको आरोप लगाए । उनले अहिले गरिब दुःखीको पार्टी माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार मुखदर्शक भएर बस्नु गलत भएको बताए ।

यस्ता छन् थप संघर्षका कार्यक्रम :
१. चैत्र २९ गतेदेखि वैशाख २ गतेसम्म वडा र स्थानीय तहहरूमा व्यापक विरोध प्रदर्शनका साथै ज्यादतीका विरुद्ध प्रतिरोध गर्ने ।
२. २०८० वैशाख ३ र ४ गते राष्ट्रिय लोकमार्गहरूका सडकमा सुत्ने ।
३. वैशाख ५ गते मनिराम ज्ञवालीको नेतृत्वमा आमरण अनसन बस्ने ।
४. पीडितलाई स्वतरूफूर्त रूपमा आमरण अनशन बस्ने लागि आह्वान गर्ने ।
५. माग पूरा नभए वडा, स्थानीय तह हुँदै केन्द्रसम्म आन्दोलन सशक्त बनाउने ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया