Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको स्प्रिङ अफर

टेलिकमको स्प्रिङ अफर


काठमाडौं । नेपाल टेलिकमले बुधबारदेखि लागू हुने गरी ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ । यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको टेलिकमले जनाएको छ ।

यसअनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक छ हजार रुपैयाँमा पाउनेछन् । साथै, कम्पनीले एक वर्षे प्याकेज तथा आईपीटिभी कम्बो प्याकेजमा पनि हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाएको छ ।

त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, तीन हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने भएको छ ।

यसका अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याकलगायतका अन्य प्याकलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यस्तै सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चात्को डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ । प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपतपश्चात् उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा स्टार१४४२ह्याक्स डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ । स्प्रिङ अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया