Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधनेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने मुख्य योजनाकार शर्मा पक्राउ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने मुख्य योजनाकार शर्मा पक्राउ


काठमाडौँ । दाङ घर भएका नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दाका मुख्य योजनाकार सन्देश शर्मा पक्राउ परेका छन् । एमाले निकट विद्यार्थीका नेतासमेत रहेका शर्मालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले प्रहरीको खोजी सूचीमा रहेका शर्मालाई पक्राउ गरिएको बताएका छन् । सोही प्रकरणमा यसअघि प्रहरीले केशव दुलालसहितका ४ जनालाई पक्राउ गरिसकेको छ ।

पीडितहरूले २०७९ जेठ १८ मा शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरू ठगिएको भन्दै पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । नक्कली परिचयपत्र बनाएर आफूहरूलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिइसकेका छन् । आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया