दोलखा,चैत १७
विश्वमा महामारीको रूपमा फैँलिएको कोरोना भाइरसको संक्रमण रोक्न र संक्रमितलाइ छुट्टै राखेर उपचार गर्न दोलखामा २ सय १० बेडको क्वारेन्टाइन निर्माण भएका छन् । लकडाउनको छैटौं दिनसम्म दोलखामा दर्जनभन्दा बढी ज्वारो, रुघाखोकीका बिरामी देखापरे पनि कुनै पनि स्थानीयतहका क्वारेन्टाइनमा बिरामी बस्न मानेका छैनन् । विदेशबाट आएका व्यक्तिको तथ्यांक, निगरानी र क्वारेन्टाइनमा पठाउने विषयमा लकडाउनको छैटौँ दिनसम्म पनि सम्बन्धित निकायले काम गर्न नसक्दा ३ स्थानीय तहले निर्माण गरेको २ सय १० बेडको क्वारेन्टाइन रित्तै भएको हो। स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले आइतबारसम्म जिल्लामा स्थापना भएको क्वारेन्टाइन सबै रित्तै अवस्थामा रहेको बताए ।जिल्लाका जिरी नगरपालिकाले दुई सय, शैलुङ गाउँपालिकाले ८ र बैत्यश्वर गाउँपालिकाले २ गरी कुल २ सय १० बेडको क्वारेन्टाइन रित्तै छ । विदेशबाट आएकाबाट नेपाल भित्रिएका नेपालीमा कोरोना संक्रमण फैलिएको पुष्टि भइसक्दा समेत दोलखामा भने विदेशबाट भित्रिएकाको आइतबारबाट बल्ल खोजी सुरु गरिएको छ । दोलखामा भारत, मलेसिया, कतार, जापान, बंगलादेश लगायत मुलुकबाट करिब पाँचसयको संख्यामा जिल्ला प्रवेश गरेको अनुमान छ ।
विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधिको गैरजिम्मेवारीको कारण बिदेशबाट फर्किएका गाउँघरमा खुलेआम हिँडडुल गरिरहँदा क्वारेन्टाइन भने रित्तै हुन पुगेको हो । पछिल्लो २ हप्ताभित्र विदेशबाट फर्किएकामा संक्रमण हुनसक्ने सम्भावना प्रति जिम्मेवार निकायले बेवास्ता गर्दा स्थानीयमा संक्रमणको त्रास बढेको छ । सो बारे स्थानीय जनप्रतिनिधि र अधिकारीहरू जानकार भए पनि क्वारेन्टाइनमा पठाउने विषयमा गम्भीर हुन नसक्दा आम नागरिकको ज्यान जोखिममा परेको स्थानीयको आरोप छ ।जिल्लामा विदेशबाट फर्किएका शंकास्पद व्यक्ति र संक्रमित विरामीका लागि ५९ ओटा आइसोलेसन कक्ष तयार गरिएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिकामा दुई हप्ताको अवधिमा ६४ जना भित्रिएको विवरण संकलन गरिएको छ । तर उनीहरू घरमै रहेको बताईएको छ । विदेशबाट जिल्ला फर्किएका सबैलाई सुविधासम्पन्न क्वारेन्टाइनमा राख्न सक्ने सम्भावना नरहेपनि यसबारे छिट्टै ठोस निर्णय हुने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताए । विदेशबाट फर्केका नागरिकलाई क्वारेन्टाइन राख्न स्थानियले माग गर्दै आएका छन् । तर स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीय प्रशासनले खासै चासो नदिँदा बिदेशबाट गाउँ छिरेका मानिसहरु क्वारेन्टाइनमा बस्न नमानेका हुन।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय
- रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
- सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
- बागमती प्रदेशको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
- जलवायु परिवर्तनको असर विकराल बन्दै गएको छ: उपप्रधानमन्त्री सिंह
- इजरायली प्रधानमन्त्रीको निवासमा ड्रोन हमला
- जी–७ को रक्षा शिखर सम्मेलन इटालीमा सुरु
- अमेरिकी बजेट घाटा करिब दुई ट्रिलियन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया