Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा क्यापिटलको लगानी व्यवस्थापन सेवा

मेगा क्यापिटलको लगानी व्यवस्थापन सेवा


काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा २०ः८० लगानी व्यवस्थापन सेवा सुरु गरेको छ । उक्त सेवाअन्तर्गत ग्राहकको लगानी पोर्टफोलियोमा विद्यमान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएको खण्डमा मात्र बढी नाफाको २० प्रतिशत नाफा अफूले लिनेगरी साझेदारी गर्नेछ । यो योजनाबाट वार्षिक सञ्चालन सेवाशुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

न्यून जोखिम आय उपकरणमा प्राप्त हुने आम्दानीसम्ममा सेवा शुल्क नलाग्ने हुनाले ग्राहकले न्यून लागतमा व्यावसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा सेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पु-याउने आशा क्यापिटलले लिएको छ ।न्यूनतम तीन लाख रुपैयाँ वा सेयर हस्तान्तरण गरेर उक्त सेवा न्यूनतम एक वर्षको लागि लिन सकिनेछ । यो सेवा २०८० वैशाख महिनाभरिको लागि मात्र लागू हुने र अपेक्षित प्रतिफल १५ देखि २० प्रतिशत हुने अनुमान कम्पनीको छ ।

सेयरबजारमा लगानी गर्ने इच्छा हुँदाहुँदै पनि पर्याप्त समय दिन असमर्थ भएका वा सेयरबजारसम्बन्धी जानकारी तथा अनुभव नभए पनि विशेषज्ञहरूबाट व्यावसायिक तवरले लगानी व्यवस्थापन सेवा लिन सकिने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया