Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऋण लगानीमा कडाइ गर्दै अमेरिकी बैंक

ऋण लगानीमा कडाइ गर्दै अमेरिकी बैंक


अमेरिका । अमेरिकी बैंकहरुले नयाँ ऋण प्रवाह गर्न थप कडाइ गर्ने देखिएको छ । सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक असफल भएपछि अमेरिकी बैंकहरु दबाबमा छन् । शनिबार अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले एक मिडियालाई अन्तरवार्ता दिने क्रममा भनिन्, ‘भर्खरैको बैंक असफलताको कारणले थप ऋण दिने कुरामा बैंकहरुले थप कडा पार्ने सम्भावना छ ।’

उनले फेडरल रिजर्भ दरको वृद्धिलाई भने अस्वीकार गरेकी छिन् । उनले फेडरल दर बढाएर जानेभन्दा बैंकहरुले थप ऋण दिने सम्भावनालाई कडा पार्नुपर्छ ।

अमेरिकामा सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएपछि निक्षेप प्रभावित भएको थियो । यसबाट उत्पन्न प्रणालीगत खतरालाई रोक्न नीतिगत कार्यहरुले निक्षेप बहिर्गमनलाई स्थिर बनाएको थियो ।

यद्यपि बैंकहरु अलि बढी सतर्क हुनुपर्ने सम्भावना रहेको उनले बताइन् ।
फेडले थप ब्याजदर वृद्धि गर्नुको विकल्पको रुपमा बैंकहरुले थप ऋणमा कडाइ गर्नु उपयुक्त हुने उनले बताइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया