Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखाको बैतेश्वरमा भिरबाट लडेर एक वृद्धको मृत्यु

दोलखाको बैतेश्वरमा भिरबाट लडेर एक वृद्धको मृत्यु


दोलखा,दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर-३ का ९५ वर्षिय कृष्णबहादुर बस्नेतको भिरबाट लडेर मृत्यु भएको छ्।शुक्रवार देखी परिवारको सम्पर्कमा नरहेका बस्नेत आइतबार बिहान बैतेश्वर गाउँपालिका-२को कर्कले गुफा नजिकैको छरछरे भिरमा मृत फेला परेका हुन्।

बस्नेत बैशाख १ गते ११ बजे घरबाट कसैलाई केहि नभनी हिडेका थिए।बृद्ध साझसम्म घर नफर्के पछि आफन्तले शनिबारदेखि उनलाई खोज्न थालेका थिए।तर आइतबार बिहान ९ बजे खोज्दै जादा गुफा नजिकको छरछरे भिरमा उनको लास अड्किरहेको अवस्थामा फेला परेको बैतेश्वर गाउँपालिका-३का वडा अध्यक्ष कमल अधिकारी जानकारी दिए।

उनको सव निकाल्न अहिले जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरीको टोलिलाई घटना स्थलमा बोलाइएको वडा अध्यक्ष अधिकारीले बताए।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया