Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको ‘नयाँ वर्ष, नयाँ रहर’

दराजको ‘नयाँ वर्ष, नयाँ रहर’


काठमाडौं । अनलाइन बजार दराज नेपालले आफ्नो वार्षिक अभियान ‘नववर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’को औपचारिक घोषणा गरेको छ । योसँगै दराजले ‘किनौँ सबै दराजमा’ भन्ने मूलनाराका साथ आफ्नो प्लेटफर्ममा इच्छाअनुसारको हरेक उत्पादन उपलब्ध गराउनेछ । यस्तै खरिदकर्ता र बिक्रेतालाई आपसमा जोड्ने क्रमलाई पनि जोड दिएको कम्पनीले जनाएको छ ।

दराज नेपालकी प्रबन्धनिर्देशक आँचल कुँवरले कम्पनीले गुणस्तरीय प्रडक्ट मात्र नभई उच्च ग्राहक सेवा प्रदान गर्न पनि अग्रसर रहेको बताइन् । यसको लागि नेपाली नयाँ वर्षको उपलक्ष्यमा दराज नेपालले विभिन्न बिक्रेता र पेमेन्ट पार्टनरहरूसँग साझेदारी गरेको उनले जानकारी दिइन् । नेपाली नयाँ वर्ष अभियानले ‘किनौँ सबै दराजमै’ भन्ने सन्देश दिन खोजेको छ । यो अवसरमा मेगा गिभ अवेमा एक लाख नौ हजार नौ सय ९९ रूपैयाँबराबरको रियलमी जिटी टु प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भौचरमा पाँच हजार रूपैयाँसम्मको छुट र प्रि–पेमेन्टमा एक हजार रूपैयाँसम्म छुट बैंक कार्डमा लागू हुनेछ ।

यसैगरी नबिल बैंक, ग्लोबल आईएमई, एनआईसी एसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरूले प्रि–पेमेन्टमा २० प्रतिशतसम्म छुट लिन सक्नेछन् । साथै ग्राहकहरूले आईएमई–पेमार्फत प्रिपेमेन्टमा १० प्रतिशतसम्म र इसेवामार्फत १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यी अफरहरूको मजा लिन दराज नेपालले आफ्ना ग्राहकहरूलाई अनलाइन भुक्तानीका लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न आग्रह गरेको छ । यो अफर अप्रिल २० सम्म लागू हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया