Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीकोरोनाका कारण शनिबार एकको मृत्यु

कोरोनाका कारण शनिबार एकको मृत्यु


चितवन । कोरोनाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।

निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयका प्रमुख दुर्गा चापागाईँले बताए । सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।

अहिले जिल्लामा दशजना सक्रिय सङ्क्रमित रहेका छन् । कार्यालयको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक रहेका छन् । सङ्क्रमित सबै होम आइसोलेशनमा छन् ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया