लामो समयसम्म राजधानीमा मात्र केन्द्र्रित रहेको संक्रमित भेटिने क्रम विस्तार हुँदै मोफसलका जिल्लामा पनि पुगेको छ । अहिलेसम्म पाँच जना संक्रमित भेटिए भने तीमध्ये दुईजना उपत्यका बाहिरका छन् । तीमध्ये पनि एक जना सुदूर र अर्का मध्यपश्चिमका हुन् । यसको अर्थ हो, पश्चिम क्षेत्र चोखो रहन सकेको नदेखिनु । पूर्वमा यतिबेलासम्म त्यस्तो भेटिएको छैन तर जोखिमका व्यक्तिहरू भने पश्चिममा जतिकै पूर्वमा पनि छन् । दोस्रो संक्रमितसँग एउटै विमानमा आएकाहरू जो एक सय ५२ जना थिए । तीमध्येको ठूलो संख्या पूर्वमा पनि पुगेका विवरणहरू आइरहेका छन् । तिनको क्वारेन्टाइन समय बाँकी रहेको हुँदा परिणाम कस्तो आउला भन्ने एउटा पक्ष छ भने ती सबै नै होशियारीमा वा भनौँ निगरानीमा छन् कि छैनन् भन्ने पनि यकिन छैन । यसअघि संक्रमित देखिएकाहरू त्यस्तो निगरानीमा थिएनन् । उनका आफ्ना कारणले नै परीक्षणमा जाँदा यस्तो रिपोर्ट आएको भन्नेबाट बुझाउने कुरा त्यही हो । कोरोना भाइरसको संक्रमण देखिएकी पाचौँ व्यक्ति हुन्, बागलुङकी युवती । उनी विदेशबाट आएपछि भोलिपल्ट आफ्ना घरतर्फ लागेकी थिइन माइक्रो बसबाट । उनी आफैँले बताएअनुसार उनी सोझै घर गइन् । उनी चैत्र पाँच गते घर पुगेकी थिइन् । त्यसको केही दिनपछि आफूमा रुघाखोकी लागेपछि आफ्नो पायकको धौलागिरी अस्पतालमा उपचारमा गइन् र सामान्य औषधि लिएर फेरि घरमा नै आइन् । दोस्रो पटक चेकजाँच गर्दा यस्तो देखिएको हो । सरकारले जनाएको विवरणअनुसार उनी बेल्जियमबाट कतार हुँदै ४ चैत्रमा नेपाल आएकी थिइन् । उनलाई कोरोना संक्रमण भएको भन्ने चैत्र १५ मा पुष्टि भएको थियो ।
यो विवरणबाट बुझिने कुरा हो दिनको हिसाबले यो एउटा केस अर्थात् यी युवतीमा संक्रमण रहेको पुष्टि हुँदाको क्षणसम्म १० दिनको अन्तर छ नेपाल प्रवेशपछिको समय । ठाउँको हिसाबले बेल्जियम–कतार हवाई मार्ग र काठमाडौँबाट बाग्लुङ स्थलमार्ग प्रयोग भएको छ । एक रात उनी राजधानीमा होल्ड गरेकी छन् । त्यो रात उनले होटल हो कि आफन्तकहाँ बिताएकी हुन् भन्ने खुलेको छैन । जहाँ भए पनि उनको त्यो रात निकटता अरुसँग पनि कायम भएको छ । यस्तो निकटताको संख्या कति होला भन्ने मात्र हो तर, यसबाट अरू पनि संसर्गमा आएका छन्, भन्ने त पुष्टि हुन्छ नै । जोखिमको विस्तार भनेको यी हो । मापदण्डले यस्तो संक्रमणको अवस्थालाई यसरी खुलारूपले विस्तार हुन दिँदैन । यो ठाउँमा सरकार चुकेको देखियो । पछिल्लो यही पाँचौ संक्रमण पुष्टि भएको घटनालाई नै आधार मान्ने हो भने पनि यी युवती कतै पनि सरकारको चेकजाँचमा परिनन्, उनी आफैँ अस्वस्थ्य भएर अस्पताल नगएसम्म । यतिबेला उनको पहिले गरेकै धौलागिरी अस्पतालमै उपचार भैरहेको छ । तर, त्यही अस्पतलमा उनी पहिले जाँदा आफू विदेशबाट आएको भनी कतै नभनेको भनी विवरणहरू आएका छन् । यसको अर्थ हो, अस्पतालमा पनि उनको अन्यसँग संसर्ग वा निकटता भएको अवस्था देखिन्छ । यतिखेर भनिएको छ, किशोरीको स्वास्थ्य अवस्था सामान्य छ । चिकित्सकहरू पनि पर्याप्त छन्, त्यसैले धौलागिरी अस्पतालमै उपचार हुन्छ । यो भनेको संंक्रमणपछिको कुन ठाउँमा उपचार गर्ने भन्ने हो । यस्तो सम्भावित जोखिमहरूको पूर्वआँकलन नगरिँदा जोखिम धेरै मात्रामा विस्तार भैसकेको छ, जसले कस्तो आकार लिने हो अनुमान गर्न सकिन्न । यो निकै दुःखद पक्ष हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया