Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानुषी लघुवित्तको गोष्ठी

मानुषी लघुवित्तको गोष्ठी


काठमाडौं । मानुषी लघुवित्तले वार्षिक केन्द्रप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बुधबार लघुवित्तका अध्यक्ष पद्मासना शाक्य र काठमाडौं महानगरका उपप्रमुख सुुनिता डंगोलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको लघुवित्तले जनाएको छ ।

कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले संस्थाको विगत र वर्तमान अवस्थाबारे प्रकाश पारेकी थिइनन् । कार्यक्रममा प्रमुख अतिथि डंगोलले महिला सशक्तीकरणमा लघुवित्तले खेलेको भूमिकाको तारिफ गर्नुका साथै महिला उद्यमशीलताको विकासको लागि महानगरले गृहकार्य गरिरहेको बताइन् । विद्यमान लघुवित्तको समस्या र त्यसको समाधानको विषयमा कार्यक्रमका वक्ताहरूले बोलेका थिए ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तको कालिमाटी शाखाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरूलाई दुई समूहमा विभाजन गरी लघुवित्तमा विद्यमान समस्या र समाधानका विषयमा छलफल चलाइएको थियो । गत वर्ष उत्कृष्ट कार्य गर्न सफल तीन केन्द्रलाई पुरस्कृत गरिएको कार्यक्रममा केही सदस्यले आफ्ना सफलताका कथा समेत सुनाएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया