Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको सहयोग कार्यक्रम

महालक्ष्मी विकास बैंकको सहयोग कार्यक्रम


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकले आफ्नो टीकापुर शाखाद्वारा टीकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सीसी क्यामरा हस्तान्तरण गरेको जनाएको छ । मन्दिर परिसरभित्र रहेका सभागृहलगायत सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष मोहन विकले सयुक्तरूपमा जालवा देवी सेवा समितिका अध्यक्ष हर्कबहादुर रावललाई सामग्री हस्तान्तरण गरेका हुन् ।

यस्तै बैंकको महेन्द्रनगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामग्री तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि उक्त सहयोग गरेको हो । महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले संयुक्तरूपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामग्री हस्तान्तरण गरेका थिए ।

बैंकको डडेल्धुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको पनि बैंकले जनाएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरूको दैनिक आधारभूत आवश्यकता पूरा गर्न सहज होस् भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग गरेको हो । सुदूरपश्चिम प्रदेशका नायब प्रदेश प्रबन्धक तथा डडेल्धुरा शाखाका प्रमुख चेत पाण्डेले विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया