Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने

कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने


विश्वकपपछि केही सुनसान देखिए पनि सन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको त्यहाँका पर्यटन प्रमुखले आइतबार बताएका छन् ।

कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल–बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू शान्त भएको बताएका छन् । तर उनले प्रतियोगितापछि हरेक विश्वकप आयोजकको अवस्था उस्तै रहनेगरेको बताउँदै उनले कतारका होटलहरू अझै पनि ६५ देखि ७० प्रतिशतसम्म भरिभराउ रहेको बताए ।

बेकरले सन् २०२३ को पहिलो त्रैमासिकमा ११ लाख ६० हजार पर्यटकले कतारको भ्रमण गरेको पत्रकार सम्मेलनमा बताए ।

सन् २०१९ मा कोरोना महामारीअघि करिब २१ लाख पर्यटक कतार पुगेका थिए । तुलनात्मकरूपमा प्रतिद्वन्द्वी दुबईमा २०२२ मा एक करोड ४० लाखभन्दा बढी पर्यटकहरू भेला भएका थिए । आफ्नो प्राकृतिक ग्याँस सम्पत्तिमा निर्भरता अन्त्य गर्न कतारले पर्यटनका लागि पूर्वाधार र प्रमुख खेलकुद कार्यक्रमहरू आयोजना गर्न अरबौँ डलर खर्च गरेको छ ।

सरकारले सन् २०३० सम्ममा वार्षिक ६० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । ‘मलाई लाग्छ, सन् २०२३ मा हामी लक्ष्यबाट धेरै टाढा हुनेछैनौँ’, बेकरले एएफपीसँग भनेका छन् ।

‘फिफाका कारण हामीले आतिथ्य उद्योगमा धेरै पूर्वाधारहरू निर्माण ग-यौँ र निःसन्देह पनि आगामी महिनाहरूमा होटेल प्रयोग दरहरू माथि जाने सुनिश्चित हामीले गर्दैछौँ’, उनले भने । (रासस)


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया