सिन्धु हेलम्बु यातायातको अनियमितताबारे प्रशासनले बढायो चासो
काठमाडौं,जिल्लाको उत्तर पश्चिमी भेगमा सञ्चालित सिन्धु हेलम्बु यातायातले भाडादर असुलीमा अनियमितता गरेको जनगुनासो बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चासो बढाएको छ ।
प्रशासनले आज यातायात प्रालिका पदाधिकारी, उपभोक्ता, स्थानीय सरकारको प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरूको संयुक्त भेला गराई मापदण्डविपरीत भाडा असुली गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठको संयोजकत्वमा बसेको सर्वपक्षीय भेलाले हेलम्बु यातायात प्रालिले समस्याको समाधान गर्ने र त्यसको नियमन तथा कारबाहीका लागि सम्बन्धित ट्राफिक प्रहरीले गर्ने निर्णय गरेको छ ।
काठमाडौँदेखि मेलम्ची, हेलम्बु क्षेत्रलगायतको सिन्धुपाल्चोकको उत्तरी पश्चिमी भेगमा सञ्चालित यातायात कम्पनीले एक साताभित्र नै सार्वजनिक स्थलमा भाडादरको बोर्ड बनाई टाँस गर्ने र अनिवार्यरूपमा सबै सवारी साधनभित्र यात्रुले देखिने गरी भाडादर टाँस गर्ने व्यस्था गर्नुपर्ने पनि निर्णय गरेको छ ।
कोष नियन्त्रक शम्भुप्रसाद पोखरेल, प्रहरी निरीक्षक सञ्जीवकुमार यादव, ट्राफिक प्रहरी पोष्ट मेलम्चीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद ओली, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठ, रेडक्रस मन्त्री कमलचरण कक्षपति, उपभोक्ता हित संरक्षण मञ्चका संसार श्रेष्ठ, सिन्धु हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक कुमार श्रेष्ठ, आमा याङ्ग्रीका सचिव सुरेश श्रेष्ठ, हेलम्बु गाउँपालिका–२ का वडाध्यक्ष पेम्बा लामालगायतको उपस्थितिमा भएको छलफल कार्यक्रममा यात्रुबाहक गाडीले सामान ढुवानी गरेका पाइएमा कारबाही गर्ने र सहचालकलाई यात्रुहरूसँग मित्रवत् व्यवहार गर्न अभिमुखी कार्यक्रम र परिचयपत्रको समेत व्यवस्था कम्पनीले मिलाउनुपर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।
अधिकारी श्रेष्ठका अनुसार सुपर एक्सप्रेस मापदण्डका आधारमा सञ्चालन गर्न र मापदण्डविपरीत बढी भाडा असुल गरेको पाइएमा कारबाही हुनुका साथै प्रालि र स्थानीय सरकारको समन्वयमा बस स्टेशन, बस स्टप र यात्रु प्रतीक्षालय निर्माण गर्नेलगायतको निर्णय पनि भएको छ ।
पछिल्लो समय हेलम्बु यातायातले तोकेको भाडादरभन्दा बढी असुल्ने गरेको जनगुनासो बढ्न थालेपछि बढ्दो जनगुनोसोलाई सम्बोधन गर्न आज बैठक बसेको हो । यो बैठकले सकारात्मक सुधार आउने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विश्वास व्यक्त गरे।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन
- फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
- स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा संवेदनशील हुन आवश्यक छ: मुख्यमन्त्री कार्की
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया