सेयर बजारप्रति लगानीकर्ता विश्वस्त हुन सकेनन्
काठमाडौं । सेयरबजार परिसूचक नेप्से सोमबार पनि ओरालो लागेको छ । घट्दो ब्याजदर र वित्तीय प्रणालीमा तरलता सहज भए पनि लगानीकर्ता विश्वस्त बन्न नसक्दा बजारले नकारात्मक प्रतिक्रिया दिएको छ ।
नेप्से परिसूचक सोमबार २३ दशमलव ६३ अंकले घटेर एक हजार नौ सय आठ दशमलव शून्य पाँच विन्दुमा झरेको छ । सेन्सिटिभ परिसूचक पनि चार दशमलव ८७ अंकले घटेर तीन सय ६२ दशमलव ८७ विन्दुमा झरेको छ ।
साधारण सेयरको कारोबार मापन गर्ने फ्लोट सूचक पनि एक दशमलव ७९ अंकले घटेर एक सय ३३ दशमलव ५६ विन्दुमा बन्द भएको छ । सेन्सिटिभ फ्लोट सूचक पनि एक दशमलव ७३ अंकले घटेर एक सय २० दशमलव ७७ विन्दुमा झरेको छ ।
कारोबारमा आएका दुई सय १८ कम्पनीमध्ये एक सय ८८ वटा कम्पनीले सेयरबजारलाई घटाएका हुन् । बाँकीमध्ये २३ वटाको सेयरमूल्य बढेको छ भने ७ वटाको स्थिर छ । दिनभर ९२ करोड रुपैयाँको ३१ लाख ४४ हजार पाँच सय ७३ कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण आइतबारको तुलनामा ३४ अर्ब रुपैयाँले घटेर २७ खर्ब ८० अर्ब रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका सबै उपसमूहहरु घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ८८ प्रतिशतले घटेको छ । त्यसपछि फाइनान्स एक दशमलव आठ, लघुवित्त एक दशमलव ६७, लगानी एक दशमलव ५८, जीवन बीमा एक दशमलव ५५, म्युचुअल फण्ड एकक दशमलव ३६, उत्पादन तथा प्रशोधन एक दशमलव ३१, जलविद्युत् एक दशमलव ३१, बैंकिङ एक दशमलव शून्य पाँच, व्यापार शून्य दशमलव ८२, निर्जीवन बीमा शून्य दशमलव ६७, होटल तथा पर्यटन शून्य दशमलव १४ र अन्य शून्य दशमलव ८५ प्रतिशतले घटेका छन् ।
यस दिन सर्वाधिक कमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसपछि कालिञ्चोक दर्शनको सेयरमूल्य नौ दशमलव ९८ प्रतिशत र मोलुङ हाइड्रोपावरको नौ दशमलव ९६ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा दुई म्यूचुअल फण्डका इकाइधनीहरु छन् । सनराइज ब्लुचिप फण्डका इकाइधनीले छ दशमलव २५ प्रतिशतले गुमाएका छन् भने एनआईसी एसिया ग्रोथ फण्डका इकाइधनीले पाँच दशमलव एक चार प्रतिशतले गुमाएका छन् ।
अरुणभ्याली हाइड्रोपावरका डेभलपमेन्ट कम्पनीको सेयर कारोबार सर्वाधिक सात करोड दुई लाख रुपैयाँको भएको छ । त्यसपछि शिवम् सिमेन्टको चार करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।
गत साताको बुधबार बैंकहरुले वैशाखका लागि निक्षेपमा ब्याजदर घटाउने निर्णय गरेपछि सेयर बजार एकैदिन ९२ अंक बढीले बढेको थियो । त्यसपछिको सबै कारोबार दिन बजार घटेको छ । एकैपटक उच्च अंकले बढ्दा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बिक्री चाप बढ्न गई बजार ओरालो लागेको विश्लेषण लगानीकर्ताको छ ।
बजार वृद्धिका लागि पछिल्लो समय आधारहरु बनेका छन् । बैंकको ब्याजदर घट्दै जानु र तरलता सहज बन्दा बजारमा सकारात्मक असर पर्छृ । तर कर्जाको ब्याजदर अझै अपेक्षित रुपमा नघटेकाले लगानीकर्ताले ढुक्क भएर सेयर खरिद बढाउन सकेका छैनन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया