प्रत्येक महिना करदातालाई सम्मान
ढोरपाटन । बागलुङ नगरपालिकाले राजश्व सङ्कलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ । व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोहोत्सान गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो । आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगरप्रमुख राजु खड्काले बताए ।
वैशाखको पहिलो करदाताको रुपमा बागलुङ नगरपालिका–३ की बन्दना श्रेष्ठलाई सक्कान गरेको खड्काले बताउनुभयो । श्रेष्ठलाई नगरपालिकाको लोगोसहितको मायाको चिनो र दोसल्लालेसम्मान गरेएको उहाँको भनाइ छ । नगर उपप्रमुख खड्का भन्नुहुन्छ– “समयै कर बुझाउनुपर्छ भन्ने प्रेरणा मिल्यो भने हिसाबले यो अभियान थालेका हौँ, कर बढाएर नभइ दायरा बढाउने, करदातालाई सम्मान गर्ने लगायतका विषयमा नगरपालिका अगाडि बढेको छ, अब करले हैन रहरले कर तिरौँ भन्ने अभियान हो, मासिक रुपमा पहिलो करदाता, धेरै कर तिर्ने करदाता र नियमित कर तिर्ने करदाता सम्मान गर्ने हाम्रो योजना हो, अहिले प्रत्येक महिनाको पहिलो करतादालाई सम्मान गर्न आइतबारदेखि शुरु गरेका छौँ ।”
नगरपालिकाले चालु आर्थिक वर्षमा नौ करोड आन्तरिक आयको अनुमान गरेको थियो । हालसम्म झण्डै ५० प्रतिशत (पाँच करोड) मात्रै कर सङ्कलन गरेको छ । असार मसान्तसम्म राजश्व सङ्कलन लक्ष्य नजिकसम्म पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।
नागरिकले नगरपालिकालाई तिर्नुपर्ने बाहल कर, सम्पत्ती कर, निकासी कर तथा सेवामुलक करलगायतको दायारा बढाउँदै आन्तरिक आम्दानीलाई बढाउँदै गरेको छ । आर्थिक सङ्कटका कारण करतादाहरू कर तिर्नका लागि प्रोत्साहित नभएको सन्र्दभमा नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो । रासस
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 11
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया