Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रधानमन्त्री दाहाल द्रुतमार्गको अनुगमन गर्न मकवानपुरमा

प्रधानमन्त्री दाहाल द्रुतमार्गको अनुगमन गर्न मकवानपुरमा


बागमती । निर्माणाधीन निजगढ–काठमाडौं द्रुतमार्गको अवलोकन अनुगमनका लागि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको बकैया आएका छन् । सो अवसरमा उनले बकैया–५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गरे ।

प्रधानमन्त्री दाहालले अवलोकनका क्रममा द्रुतमार्ग निर्माणको काम सन्तोषजनक रहेको बताए । द्रुत मार्ग देशको अति महत्वपूर्ण आयोजना भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको उनले बताए । यससँग सम्बन्धित आवश्यक विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सहजीकरण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले राजदमारसहित बकैयाको लेनडाँडास्थित सुरुङमार्ग तथा भीमफेदी–८ महादेवटारमा निर्माणाधीन सुरुङमार्गको स्थलगत अनुगमन गरेका हुन् । “यस मार्गको निर्माणको अवस्थाबारे नेपाली सेनाबाट मैले धेरै जानकारी लिइसकेको छु”, उनले भने ।

काठमाडौँलाई देशको पूर्वी भाग तथा मधेशसँग जोड्ने द्रुतमार्गको लम्बाइ ५५ दशमलव पाँच किलोमिटर, १० दशमलव छ किलोमिटर पुल तथा छ दशमलव पाँच किलोमिटर सुरुङ रहेको छ । निर्माण सम्पन्न गर्न करिब रु. दुई खर्ब १५ अर्ब खर्च हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया