Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र न्यूरो अस्पतालबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र न्यूरो अस्पतालबीच सम्झौता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस् अस्पताल बाँसवारीबीच अस्पतालका कर्मचारीलाई सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अस्पतालमा तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई अस्पतालको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकले कर्जा प्रवाह गराउनेछ । बैंकले ‘उपभोक्ता कर्जा निर्देशिका, २०७७’ को अधिनमा रही पेसाकर्मी सरल कर्जा प्रवाह गर्नेछ ।

बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर आठ दशमलव एक प्रतिशत रहेको छ । सम्झौताअनुसार अस्पतालका कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । कार्यक्रममा अस्पतालकी कार्यकारी अध्यक्ष प्राडा मधु दीक्षितको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया