सम्झौताको चार वर्षपछि जिरी माविको भवन शिलान्यास
दोलखा । जिल्लाको जिरी नगरपालिकामा रहेकोे जिरी माध्यमिक विद्यालय भवन भूकम्पले ध्वस्त बनाएको आठ वर्ष बितिसक्दा पनि अझै निर्माण हुन सकेको छैन । जिल्लाका अन्य सामुदायिक विद्यालय भवनको निर्माण करिब सम्पन्न हुँदा जिरी माध्यमिक विद्यालय भवनको भने निर्माण सम्झौता गरेको चार वर्षपछि बल्ल भवन शिलान्यास गरिएका छ ।
जिरी नगरपालिकाकै पुरानो तथा ठूलो यस विद्यालयमा भवन निर्माण चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो । उक्त भवनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिलान्यास गरेका हुन् । विद्यालको शिलान्यास गर्दै उनले सम्झौता म्याद २८ महिना रहेको र सोहीभित्र विद्यालयका सम्पूर्ण संरचना निर्माणसम्पन्न गर्न निर्देशन दिए । २०७६ साल जेठ २८ गते नेपाल सरकार र चिनियाँ सरकारबीच भवन निर्माणको सम्झौता भए पनि विद्यालय पुननिर्माणको काम हुन सकेको थिएन । नगरपालिका तथा विद्यालयले भवन निर्माणको लागी चासो नदिँदा अहिले पनि विद्याथीहरु भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचनामा पढ्दै आएका छन् ।
हाल चीन सरकारले विद्यालय निर्माण गर्न चासो देखाएपछि विद्यालय भवनको शिलान्यास गरिएको हो । विद्यालय भवनलगायतका भौतिक संरचना निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीले नै लिएकोे छ । चिनियाँ टोलीले विद्यालयको सम्पूर्ण संरचना निर्माण गरी २८ महिनाभित्र हस्तान्तरण गर्नुपर्नेछ । विद्यालय भवन निर्माणको लागि चीन सरकारले एक अर्ब ३६ करोड रुपैयाँ अनुदान सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव कुमार कार्कीले जानकारी दिए ।
३३९ वटा सामुदायिक विद्यालयहरु रहेको दोलखामा प्रायः सबै विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेका छन् । जिरी माविको भवन निर्माणको लागि सन् २०१९ मा नै सम्झौता भएको थियो । तर २०७६ सालदेखि कोरोना भाइरसको संक्रमण बढ्न थालेकाले भारत सरकारको छवटा, चीन सरकारको दुईवटा र एडीबीको सहयोगमा निर्माण गर्नुपर्ने चारवटा भवन निर्माणमा भने ढिलाइ भएको शिक्षा समन्वय इकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 12
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया