Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको ऋणपत्र पूर्णरूपमा बिक्री

महालक्ष्मी विकास बैंकको ऋणपत्र पूर्णरूपमा बिक्री


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०७९ साल चैत २९ गतेदेखि निष्काशन खुला गरेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८९’ तोकिएको समयभित्रै अर्थात् वैशाख ४ सम्म पूर्णरूपमा बिक्री भएको बताएको छ ।

१० वर्ष अवधि तथा वार्षिक ब्याजदर ११ प्रतिशत भएको ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका १० लाख कित्ताले हुनआउने जम्मा रकम एक अर्ब रुपैयाँबराबरको ऋणपत्रमध्ये ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र ४० प्रतिशत रकम सर्वसाधारण लगानीकर्ताका लागि सार्वजनिक निष्काशन गरिएको थियो । ऋणपत्रका लगानी गर्न इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम चार लाख कित्तासम्मको लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरिदका लागि छिटोमा वैशाख चार गते र ढिलोमा वैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर वैशाख चार गतेभित्रै सबै ऋणपत्र बिक्री भइसकेकाले ऋणपत्रमा आवेदन दिनुपर्ने म्याथ थप नगरिएको बैंकले जनाएको छ । ऋणपत्रमा माग भएभन्दा ५० प्रतिशत बढी आवेदन परेको छ । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको थियो । बैंकले हाल देशभर एक सय तीन शाखा कार्यालयहरूमार्फत सात लाख ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया