Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटलको नयाँ अफर

प्रभु क्यापिटलको नयाँ अफर


काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औँसीको अवसरमा विशेष अफर ल्याएको छ । क्यापिटलले ‘मायास्वरूप उपहार, मेरी प्यारी आमालाई’ भन्ने नाराका साथ नयाँ अफर ल्याएको हो ।

आमाको सम्मानस्वरूप लगानी व्यवस्थापन सेवामा वार्षिक शुल्क निःशुल्क गरेको छ भने नाफा बाँडफाँटमा ५० प्रतिशत छुट हुने जनाएको छ । यो अफर वैशाख महिनाभर सञ्चालन नहुनेछ ।

वैशाखभर लगानी व्यवस्थापन सेवामा आबद्ध हुने ग्राहकहरूले यस लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शुल्क तथा नाफा सेयररिङमा ५० प्रतिशत छुट पाउनेछन् । ग्राहकले तीन लाख रुपैयाँबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । ग्राहकले सो रकमबराबरको नगद, सेयर पोर्टफोलियो अथवा दुवै गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् ।

यसरी लगानी व्यवस्थापनमा सहभागी लगानीकर्ताले आफ्नो फोर्टफोलियो दैनिक हेर्न सक्नेछन् भने साप्ताहिकरूपमा इमेलबाट आफ्नो विवरण हेर्न पाउने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया