Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारएकदिन पनि टिकेन दोहोरो अंकको बृद्धि

एकदिन पनि टिकेन दोहोरो अंकको बृद्धि


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । सो अनुसार बजार परिसुचक नेप्से १५ दशमलव ७३ अंकले ओरालो लागेर १९ सय चार दशमलव ४० बिन्दुमा खुम्चिन पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७९ अंकले ओरालो लागेर तीन सय ६३ दशमलव १२ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ६७ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २३ हजार दुई सय ६५ पटकको कारोबारमा ३२ लाख नौं हजार दुई सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ९८ करोड ३३ लाख ६७ हजार तीन सय ११ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया