सिटिजन्स बैंक १७औँ वर्षमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । २०६४ वैशाख ७ गतेदेखि २०औँ वाणिज्य बैंककोरूपमा स्थापना भएको बैंकले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको हो । यो अवधिमा बैंकले करिब १५ लाख ५५ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।
बैंकले सातवटै प्रदेशमा एक सय ८२ वटा शाखाहरूमार्फत बैंकिङ सेवा दिँदै आएको छ । बैंकका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक खर्ब ६२ अर्ब निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले एक अर्ब २४ करोड रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ ।
१६औँ वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार बिहान सातै प्रदेशमा नौ सय ४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । वार्षिकोत्सवको अवसर पारेर बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम पनि गरेको थियो । सातवटै प्रदेशका २७ स्थानबाट करिब सात सय २६ जना रक्तदाताको सहभागितामा रक्तदान भएको बैंकले जनाएको छ ।
यस्तै बैंकको धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको स्नो याक फाउन्डेसनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया