नेपालले दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणालीसम्बन्धी सम्मेलन गर्ने
काठमाडौं । नेपालले दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणाली विषयक क्षेत्रीय सम्मेलनको आयोजना गर्ने भएको छ । सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एसियाली नीतिनिर्माताहरुको संगठन सापलिङले ढाका छलफलपछि अप्रिल २४ र २५ मा खाद्य प्रणालीहरुका सम्बन्धमा काठमाडौं छलफलको आयोजना गर्ने भएको हो ।
कार्यक्रमलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको बीआरएसी, बंगलादेश र विश्वकै सबैभन्दा ठूलो गैरसरकारी विकास संस्था, भारतीय विकास क्षेत्रको थिङ्क एण्ड डु–ट्यांक, आईपीई ग्लोबल लिमिटेड र काठमाडौंमा प्रधान कार्यालय रहेको मुनाफारहित थिङ्क ट्यांक एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस), नेपालसँगको सहकार्यमा आयोजना गर्नलागेको हो ।
सन् २०२२ को डिसेम्बरमा सम्पन्न भएको ढाका खाद्य प्रणाली छलफल क्षेत्रीय सहयोगका लागि सम्भावित अस्त्रहरुका रुपमा तीनवटा विषयगत क्षेत्रहरु, जलवायुअनुकूल खाद्य प्रणालीहरु, उत्पादनपश्चात् हुने नोक्सानीहरु घटाउने र खाद्य सुरक्षा मापदण्डहरुमा केन्द्रित रहेको थियो । छलफलले क्षेत्रीय सहयोगको अस्त्रहरुको रुपमा प्राविधिक सहकार्य र स्थानान्तरण, बौद्धिक प्रणालीको सशक्तीकरण र सीमापार निजी क्षेत्रको लगानीमा जोड दिनुपर्ने आवश्यकतालाई औँल्याएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया