साफ्टाको असमान संरक्षणले स्वदेशी इन्टेरियर उद्योग संकटमा
काठमाडौं । आयातमा भन्सारसम्बन्धी असमान व्यवस्थाका कारण नेपाली इन्टेरियर डिजाइरको स्वदेशी उद्यममा समस्या बढ्दै गएको छ । भारतबाट तयारी वस्तु नै सस्तो भन्सार दरमा भित्रिने भएपछि स्वदेशी उद्यमीहरु समस्यामा पर्नथालेका हुन् ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र(साफ्टा)को प्रावधान र त्यसअनुसार नेपालको आर्थिक विधेयकले गरेको व्यवस्थाका कारण कच्चापदार्थको आयातभन्दा तयारी वस्तुको आयातमा नै कम भन्सार दर तिर्नुपर्ने भएकाले यो उद्यममा समस्या परेको व्यवसायीहरुको गुनासो छ । नेपालमा भेनेगर, फरमाइका, मोड्युलर लेग्स हार्डवेयर च्यानल विशेषखालका मार्बल फाइबर विश्वका विभिन्न मुलुकबाट नेपाल आयात गर्ने र त्यसलाई डिजनाइन आवश्यकताअनुसार श्रम सीप प्रयोग गरी इन्टेरियर डिजाइनका समान उत्पादन गर्ने गरिन्छ । डिजाइन सृजना माग र गुणस्तरअनुसार यी उद्योगले यस्ता सामान चीन, थाइल्याण्ड, कोरिया, तथा युरोपेली मुलुकबाट आयात गर्नुपर्ने हुन्छ । तर भन्सारसम्बन्धी असमान व्यवस्थाका कारण नेपालमा सामान उत्पादन हुने अवस्थामा पनि भारतबाटै तयारी सामान ल्याउने प्रचलन बढेको नेष्ट फर्निचरकी कार्यकारी निर्देशक सपना सापकोटाले बताइन् ।
उनका अनुसार पछिल्लो समय भारतमा उत्पादित वस्तु सस्तोमा ल्याउन पाउने व्यवस्थाले यहाँका उद्योग र यसमा संलग्न हजारौँ श्रमिक तथा युवाको रोजगारी जोखिममा परेको छ । सुविधा सम्पन्न व्यावसायिक प्रतिष्ठान तथा तारे होटलहरुको इन्टेरियर डिजाइन स्वदेशी उद्योगबाटै गर्दा श्रमिकका लागि करिब दुई वर्ष निरन्तर रोजगारी सृजना हुन्छ तर नेपालमा डिजाइन गर्ने र सामान भारतबाट ल्याउँदा यस्ता उद्योग र रोजगारी मासिने अवस्था छ ।
दक्षिण एसियाली मुलुकहरुबीच स्वतन्त्र व्यापार प्रवद्र्धन गर्न भन्दै दक्षिण एसियाका आठ मुलुकहरुले साफ्टा कार्यान्वयनमा ल्याएका थिए । सन् २००१ जुलाईदेखि यो कार्यान्वयनमा आएसँगै संवेदनशील वस्तुबाहेकका वस्तु सस्तो भन्सारदरमा अन्तर्देशीय व्यापार गर्नुपर्ने हुन्छ । साफ्टाकै प्रावधानअनुसार एकीकृत भन्सार महशुल दरबन्दीअनुसार इन्टेरियर डिजाइनका लागि आवश्यक विलासी प्रकृतिका तयारी फर्निचर भारतबाट आयात गर्दा ११ दशमलव २५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क थप गरे पुग्छ । तर सार्कबाहेक विभिन्न मुलुकबाट पार्टपुर्जा तथा कच्च पदार्थ आयात गर्ने नेपाली उद्यामीले ३० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क तिर्नुपर्ने व्यवस्था एकीकृत भन्सार महशुल दरबन्दी २०७९/०८० ले गरेको छ ।
‘तयारी सामान नै सस्तोमा आउने र स्वदेशी फर्निचरलगायत इन्टेरियर डिजाइनका उद्योग र श्रमिक सकिने अवस्थामा पुग्ने भए,’ सापकोटा भन्छिन्, ‘साफ्टाले गरेको यस्तो उल्टो र स्वदेशी उद्योगविरोधी प्रावधान हटाउन सरकार लाग्नुपर्छ ।’ सार्क मुलुकबाट आयातित हुने भए पनि विलासी प्रकृतिका यस्ता सामान साफ्टाको सूचीबाट हटाउनसके घटदो क्रममा रहेको राजस्व संकलनमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ । पछिल्लो समय नेपाली इन्टेरियर डिजाइन उद्योगहरुले ठूला तारे होटल, व्यावसायिक कम्प्लेक्स, निजी आवासलगायत प्रिमियमस्तरका संरचनाको इन्टेरियर उच्च व्यावसायिक अभ्यास र गुणस्तरसहित सम्पन्न गर्ने क्षमता राख्दै आएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया