पाल्पामा बस दुर्घटनामा एक महिलाको मृत्यु, ३८ घाइते
पाल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा भएको यात्रुवाहक बस दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।
बुटवलबाट बाग्लुङको बुर्तिवाङतर्फ जाँदै गरेको लु१ख ५९५६ नंको बस आइतबार बिहान सवा ९ बजे दुर्घटना भएको हो । चालकसहित ३८ जना घाइते भएका छन् । घाइते ३८ जनाको उद्धार गरी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा प्रभासमा उपचार भइरहेको छ ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । चालक अर्घाखाँचीका ४० वर्षीय तुल्सीराम पाण्डेसहित सबैको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भइरहेको छ । बस राजमार्गभन्दा करिब एक सय मिटर तल भिरमा खसेर अड्किएको अवस्थामा छ । बायाँतर्फबाट आएको बस दायाँतर्फ भिरमा खसेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन
- फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
- स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवामा संवेदनशील हुन आवश्यक छ: मुख्यमन्त्री कार्की
- धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
- पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ
- शेयर बजारमा देखियो हरियाली
- प्रसूति तथा स्त्री रोग अस्पतालमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
- अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया