Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंक तथा फाइनान्स कम्पनीहरुद्वारा ११ खर्बभन्दा बढीको बैंकस्तरीय कारोबार

बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा ११ खर्बभन्दा बढीको बैंकस्तरीय कारोबार


काठमाण्डौं,चैत २०

बैंक तथा फाइनान्स कम्पनीहरुले १२ खर्ब रुपैयाँभन्दा बढीको अन्तर बैंक कारोबार गरेका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले मात्र १० खर्ब ५९ अर्ब ९ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैंक बाहेक) बीच एक खर्ब अर्ब ३७ करोडको अन्तर–बैंक कारोबार भएको हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्था (वाणिज्य बैंकबीच बाहेक)ले क्रमशः आठ खर्ब ४२ अर्ब १० करोड र एक खर्ब २६ अर्ब चार करोडको अन्तर बैंक कारोबार गरेका थिए । राष्ट्र बैंकका अनुुसार २०७५ माघमा ९१–दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर तीन दशमलव ४४ प्रतिशत रहेकोमा २०७६ माघमा तीन दशमलव ९१ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ माघको पाँच दशमलव ७९ प्रतिशतको तुलनामा २०७६ माघमा चार दशमलव ५९ प्रतिशत कायम भएको छ ।वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ माघको नौ दशमलव ६९ प्रतिशतको तुलनामा २०७६ माघमा नौ दशमलव ४५ प्रतिशत कायम भएको छ । २०७६ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ७८ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः छ दशमलव ६७ प्रतिशत र १२ दशमलव ३४ प्रतिशत रहेका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x