काठमाडौं । नियमनकारी निकायमा बेथिति र भ्रष्टाचार छ अनि त्यसका प्रमुख नै यस्ता कार्यमा लुप्त छन् भने त्यो निकायबाट कस्तो सुशासनको अपेक्षा गर्ने ? यतिखेर यो गम्भीर विषय बनेको छ । यहाँ कुरा गर्न खोजिएको निकाय बीमा प्राधिकरण हो भने प्राधिकरण सञ्चालक समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल हुन् ।
राजनीतिक आस्था र अभीष्टले प्राधिकरण प्रवेश गरेका सिलवालको कार्य पछिल्लो समय बीमा क्षेत्रको विकास र विस्तार गर्नको लागि भन्दा पनि कुन राजनीतिक दल, त्यसमाथि पनि कुन दलका नेताको जोडबलमा त्यहाँ आएका हुन्, त्यो दल र व्यक्तिलाई खुसी पार्न तल्लीन रहेको देखिन्छ । नयाँ पुनर्बीमा कम्पनी, लघुबीमा कम्पनीको लाइसेन्स र लेनदेनमा कुरा त्यहीभित्रको एउटा पाटो हुन सक्छ । प्राधिकरणअन्तर्गत नेपालमा हाल पछिल्लो पटक खुलेका लघुबीमा कम्पनीबाहेक १७ वटा जीवन बीमा, १६ वटा निर्जीवन बीमा, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका ३५ वटा बीमा कम्पनी सञ्चालनमा छन् । यी सबै कम्पनीको नियमन, अनुगमन, दर्ता, नवीकरण, कारबाही गर्ने सर्वोच्च निकाय भनेको बीमा प्राधिकरण हो ।
प्राधिकरण अहिले बीमाको पहुँच विस्तारको नाममा हरेक साताको शुक्रबारजस्तो तारे होटलमा सभा–समारोह गरिरहेको छ । प्राधिकरणमा अध्यक्ष सिलवाल नियुक्त भएदेखि हालसम्म बीमाको जनचेतना विस्तारका नाममा कतिवटा सभा–सम्मेलनहरु भए, त्यसबाट वास्तविकरुपमा बीमाको पहुँच, जनचेतना विस्तार भयो÷भएन, त्यसमा कति अनियमितताहरु भए त्यो सार्वजनिक होला नै । तर प्राधिकरणमा भएको बेथितिको बारेमा महालेखापरीक्षकको कार्यालयले समेत गम्भीर त्रुटि देखाइसक्दा पनि प्राधिकरण अझै सुध्रिने पक्षमा छैन । पछिल्लो समय त प्राधिकरणका अध्यक्ष सिलवालले पद प्राप्तिका लागि नागरिकतामा उमेर सच्याएको कुरा समेत बाहिर आएको छ । पद प्राप्तिको लागि अनेकौँ जालझेल गर्न समेत पछि नपरेका सिलवालले नेपालको बीमा क्षेत्रमा कस्तो खालको सुशासन र पारदर्शिता कायम गर्छन्, त्यो भविष्यमा देखिएला नै । महालेखाले समेत प्राधिकरणले ‘बीमा ऐन, २०४९’ को दफा ११ मा भएको व्यवस्थाविपरीत दुईवटा विदेशी बीमा कम्पनीको आवश्यक कागजात पूरा नभएको अवस्थामा पनि दर्ता नवीकरण गरी बदनियतपूर्ण निर्णय गरेको कुरा आफ्नो ६०औँ प्रतिवेदनमा उल्लेख गरेको छ । यस्ता धेरै कैफियत र बेथितिहरु बीमा प्राधिकरणभित्र रहेका छन् । यी बेथितिहरुमा धेरै व्यक्तिहरु जोडिएका हुन सक्छन् । बीमा क्षेत्रलाई मर्यादित, व्यवस्थित, देशव्यापी र नागरिकको पहुँचसम्म पु¥याउनको लागि पनि यी र यस्ता बेथितिको अन्त्य हुनैपर्छ । प्राधिकरणभित्र शुद्धीकरण हुनैपर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया