एनआईसी एसिया लघुवित्तको लाभांश पारित
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गरेको छ । लघुवित्तको सञ्चालक समितिले चुक्ता पुँजीको १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सुनसरीको धरान उपमहानगरपलिकास्थित होटल गजुरमा आइतबार सम्पन्न साधारणसभाले सो लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८÷७९को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण स्वीकृत गरेको छ । लघुवित्तले देशको ७४ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा दिँदै आएको छ । लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई लाख तीन हजार आठ सय ६२ घरपरिवारमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया