Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई लिमिटेडको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आईएमई लिमिटेडको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल


काठमाडौं । आईएमई लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । मंगलबार आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आईएमईले आफ्नो एक अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको हो । आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरूमध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा ‘ठूला करदाता’बाट आईएमई लिमिटेड पुरस्कृत हुँदै आएको छ । आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरूलाई पब्लिक कम्पनीमा रूपान्तरण गरी आईपीओ जारी गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया