खै कहाँ छ विकास र सम्बृद्धि ?
काठमाण्डौं,चैत २०
—यज्ञबहादुर कार्की
एउटा खबर आयो, हेमालाई प्रहरीले लठ्ठी हान्यो भन्ने । अर्को खबर आयो, नेपालको नक्साको केक बनाई जन्मदिन मनाउँदा काटेर खाए भन्ने । फेरि अर्को खबर आयो, बाँस्कोटाले विजय मिश्रलाई गाली बेइज्जती मुद्दा दायर गरे भन्ने । फेरि अर्को खबर आयो, प्रचण्डलाई सभागृहमा जुत्ता हाने भन्ने । यी सबका पछाडि कुनै तुक छैन । जहाँसम्म मुलुकको सार्वभौमिकताको सवाल छ, कुनै सम्झौतासँग त्यो सौदा गर्न सकिन्छ कि सकिँदैन । फेरि स्वयं प्रधानमन्त्रीजस्तो गरिमामय र सार्वजनिक जवाफदेहिको पदमा बस्नेले त आफ्नो प्रवक्तामाथिको आरोपको विषयमा बचावको पक्षमा बोल्दै हिँड्न मिल्दछ कि मिल्दैन ? त्यसो गर्दा के संकेत जनाउँदछ ? बिचारनीय छैन र महोदय ।
यी सब जे–जसरी भए÷गरेका काम छन्, त्यसले माथिका दुई राष्ट्रिय गम्भीर मामलाको घटनाको ध्यान अन्तै मोडेर शिथिल बनाउने रणनीति लिएको देखिन्छ । प्रधानमन्त्रीज्यूलाई म एक नागरिकको हैसियतले प्रश्न गर्न चाहन्छु मेरो अल्पबुद्धिले उठाएको प्रश्नको ठीक उत्तर दिनु अथवा दिन लगाउनुहोला ।
१. तपाईं आफू बलियो बन्न कुन राष्ट्रसँग कति अघिदेखि सहमति गर्नुभयो ?
२. आर्थिक र सामाजिक अपराधलाई ढाकछोप गर्ने दाउपेच कसबाट सिक्नुभयो ?
राजनीतिको जग त्यही मान्नुहुन्छ भने फेरि जनता र देश हितको दुहाई दिँदा आत्मभित्र चस्स बिझी के कहिलेकाहीँ पिरोल्छ होला र ? मलाई त तपाईंलाई ग्लानी होलाजस्तो लाग्दैन, किन कि तपाईंको किड्नी मात्र हैन आत्मा पनि बिग्रिसकेको ठानेको छु । भलै किड्नी त मेडिकल साइन्स पढ्नेले सुधारिदेलान्, आत्माचाहिँ कसले सुधारिदिने हो ? कि आत्मा पनि मेडिकल साइन्स पढ्नेले नै फेरिदिन सक्दछन कि ? जसले भगवान मान्दैन, जसले धर्मको ख्याल राख्दैन, आत्मा मान्दैन, आत्मज्ञान जान्दैन, फेरि आफ्नो जननी जन्मभूमिलाई नै परेमा बन्धक राख्न पछि पर्दैन, घात गर्ने कार्यमा पनि पछि हट्दैन, जनताको विश्वास झुक्याएर जित्दछ र जनतालाई परेको बेलामा माँया गरेको एउटा उदाहरण देखाउन सक्दैन मन नपरे वा आफ्नो गल्ती थाहा पायो भन्ने ठान्यो भने उल्टै षड्यन्त्र गरेरै सिध्याइदिन्छ । त्यो कसरी राजनीतिज्ञ हुन्छ ? एक जमात जसका देशभरमा १५ हजारजति सेना र कमाण्डर छन् जीवनभर तिनैलाई पाल्दैमा उसको जीवन सकिन्छ । अरु सबै जनताको जीवन दुःख दारिद्रमा बितिरहन्छ, देशमा २ लाखजति नोकरशाहिहरूमा पनि अधिकांश भ्रष्टाचारका ताकमा छन केही त भ्रष्टाचारी नै भइगए सुरक्षा गर्ने अंगहरू मौका मौकामा असुरक्षा गरेका घटना घटिसकेका छन् । हामीलाई थाह छ, पुँजीवादी व्यवस्थामा कमिशनविना अस्तित्वमा रहिरहन सकिँदैन । त्यो नभै केही चल्दैन तर जहाँसम्म देश र जनताको सुरक्षाको प्रश्न छ त्योचाहिँ रक्षात्मक स्थितिमा राखिराख्ने सरकारको प्रमुख कर्तव्य नै रहन्छ । त्यसकै मूलाधारमा राजनिति चल्छ । अतः सत्ताको बागडोर जो–कोहिले समातोस् मुलतः जिम्मेवारी, इमानदारी र समझदारी खै कोसँग कहाँ छ ? मैले त देखिन ।
देखाइदिनु हुन्थ्यो कि ? समृद्धि, सुशासन, कानुनी राज्य, कानुनी समानता, मानवाधिकार, स्वतन्त्रता, समाजवादी अर्थ व्यवस्था, मौलिक हक, स्वतन्त्र न्यायलय धार्मिक मन भएका न्यायमूर्ति यी सब किताबमा पढ्ने विषय भए । त्यो पढेका विषय जीवनमा लागू गर्ने अरुलाई पनि गर्न प्रेरित र प्रेरणा दिने माइकालालचाहिँ कहाँ छ ?
प्रधान देश र जनतालाई त्यो बाटोबाट नडगमगाई हिँड्न नेतृत्व दिएका छन् ? फेरि लोकतन्त्रको किन यत्रो दुहाइ ? विरोधीको नाकै लतारिदिन्छु भन्ने किन यत्रो दम्भ ? बाँस्तोलाले सारा पत्रकारको मान मर्दन गरे उनलाई परेको बेलामा सब मौन बसिदिए खै त उनका समर्थकले न्याय पूर्ण तर्कयुक्त ढंगले बोलिदिएका ? मुलुक कसैको पेवा होइन, जन्मको नाताले बराबर हक सबैको छ, जहाँसम्म जनतालाई रिझाउने, उनीहरूको हकहितमा बोलिदिने, लडिदिने, अधिकार संरक्षणको आवाज उठाइदिने नेता र कार्य कर्तालाई मात्र हैन सर्वसाधारणलाई पनि हुन्छ र त्यही आधारमा टेकेर राजनीति गर्नेले चाहिँ संगठनको संरचना गर्दछन् ।
दक्षिण एसियामा बढदै गइरहेको अशान्ति र असुरक्षा र राज्य सरकारका तानाशाही प्रवृति केही समयपश्चात् डरलाग्दो रूपमा उठ्दछ भन्ने ठानेको छु । सार्क राष्ट्र पनि आपसी वैमनस्यताको बाटो पहिल्याउन खोजेको देखिँदो छ । नेपाल, बर्मा, श्रीलंका, भुटान, बंगलादेश, मालदिप्सलगायतका देशहरूमा आर्थिक कमजोरी र तीव्र विकाशका गति नहुनाले पिछडिएका छन् र त्यस देशका शासकहरू बुद्धिमान दूरदर्शी नहँुदा जनताले हैरानी भोगेका र विकाशको गति पछि परेको जनताले ठहर गरेका छन् ।
निकट भविष्यमा यी देशहरूले गति लिन आर्थिक बजार विस्तार गरी देशमा बढेका भ्रष्टाचार, जनताका हक तथा सुरक्षाहरूमा राज्यले पहिलो प्राथमिकतामा अगाडि बढनु वाञ्छनीय भैसकेको छ ।नेपालमा भने सरकार पूर्वाग्रही, प्रतिशोध, भेदभावपूर्ण व्यवहारमा छ र विपक्ष दल पनि जनताका समस्यालाई मुखरित गर्न नसक्ने लाचार छाया भएकोले तेस्रो वैकल्पिक शक्तिको चाहना जनतामा उठिसकेको छ । मलजल गरी हुर्काउन कुनै शक्ति देखापरेको छैन । यस अवस्थालाई विचार गर्दा जनता आफ्नो ऐजेण्डा आफैँ बनाई सशर्त नयाँ शक्तिशाली नेतृत्वको खोजी गर्नेछन् भन्ने सजगता उत्पन्न गराउनेछन् भन्ने अनुमान छ । यी कुराको छिनोफानो अब विदेशीसँगको सम्झौता, अन्यायको बढोत्तरी, सरकारको जवाफदेहीविहीनता, भ्रष्टाचारीको ढाकछोप प्रवृत्तिको मात्राद्वारा तय हुनेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- व्यवसाय गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह
- पशुपति क्षेत्रमा माछामासु मदिरा र नशालु पदार्थ निषेध
- समसामयिक राजनीतिक व्यङ्ग्य
- साढे दुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या
- अन्तःशुल्क स्टिकर खरिद प्रकरणमा विकल र सफललाई आठ वर्ष कैद हुने
- प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- सामाजिक सुरक्षा कोषमा ६८ अर्ब सङ्कलन
- देशभरको मौसम सफा रहने पूर्वानुमान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया