Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचौतर्फी घेराबन्दी तोडेर एमाले एक्लै अगाडि बढिरहेको छ : अध्यक्ष ओली

चौतर्फी घेराबन्दी तोडेर एमाले एक्लै अगाडि बढिरहेको छ : अध्यक्ष ओली


झापा । चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे ।

एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए । उनले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताए ।

उनले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह गरे । “साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ”, उनले भने, “यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ, पार्टीलाई बलियो बनाऔँ ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया