डीजी पे र बिनव क्रिएसनबीच विशेष सम्झौता
काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रा.लि. र बिनव क्रिएसनबीच सहकार्यको लागि नयाँ सम्झौता भएको छ । सम्झौताअनुसार डीजी पेको व्यावसायिक आबद्ध योजनाअनुरुप डीजी पेसँग आबद्ध हुने व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जालका लागि सुपथ मूल्यमा भिडिओ बनाउन पाउने भएका छन् ।
साथै अन्य व्यापारिक विज्ञापन बनाउँदा पनि विशेष छुटको व्यवस्था गरिएको छ । सम्झौतापत्रमा बिनव क्रिएसनका महाप्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । नेपालको एक राम्रो अडिओ भिडिओ प्रोडक्सन कम्पनीसँग सहकार्य गरी फरकखालको सम्झौता गर्न पाउँदा निकै खुसी लागेको डिजी पेका पाण्डेले बताए । ‘आजभोलि व्यवसायीहरुले आफ्नो सेवा तथा समानहरुको भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरी जानकारी दिने र मुनाफा गर्ने चलन बढेको छ । यस्तो स्थितिमा बिनव क्रिएसनजस्तो कम्पनीसँग मिलेर डीजी पेसँग आबद्ध व्यवसायीहरुको लागि उत्कृष्ट भिडिओ सस्तो र सुलभ पैसामा, निकै कम खर्चमा गर्नसक्ने अवस्था सिर्जना गरेका छौँ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया