एसएमएल इसुजुको गाडी किन्न एभरेष्ट बैंकले ऋण दिने
काठमाडौं । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच स्कुल बस, रुटबस, ट्रक, टिप्परमा लगानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट डेपुटी जेनरल म्यानेजर गौरव कुमार र लक्ष्मी कमर्सियल भेहिकल्सका तर्फबाट सेल्स एन्ड अपरेसन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एसएमल इसुजुका ग्राहकहरूले बैंकबाट ऋण लिएर साधन किन्न सक्नेछन् ।
लक्ष्मी कमर्सियल भेहिकल्स लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनी हो । सन् १९७३ मा स्थापित लक्ष्मी ग्रुपले हुण्डाइका प्यासेन्जर कार र बीएमडब्लूका कारका लागि नेपालको एकमात्र आधिकारिक विक्रेता हो । यस्तै लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु ह्विलर स्कुटरहरू र एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक बिक्रीवितरण गर्दै आएकोे छ ।
सम्झौताअनुसार बैंकले देशभर रहेका एक सय २४ शाखा कार्यालयबाटै लक्ष्मी कमर्सियल भेहिकल्सको गाडी किन्ने ग्राहकलाई ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ । यस्तो कर्जा बढीमा सात वर्षसम्मका लागि हुनेछ । यसका साथै सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्सियलका बिजनेस हेड सञ्जय खड्काले जानकारी दिएका छन् ।
सम्झौतापछि व्यापार बढाउन सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । एसएमएल इसुजुले १४ सिटदेखि ५५ सिट क्षमतासम्मका स्कुल बसहरू, स्टाफ बसहरू तथा तीनदेखि नौ टन क्षमताका ट्रकहरू र तीनदेखि छ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरू उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया