कर्जाको ब्याजदर घटाउन संस्थागत निक्षेपको ब्याज घटाऊ
काठमाडौं । कर्जाको ब्याजदर घटाउनको लागि संस्थागत निक्षेपको ब्याजदर घटाउनु पर्छ । यो विषय पछिल्लो समय निकै नै चर्कोरूपमा उठेको छ । उद्योगी, व्यवसायीहरूले कर्जाको ब्याजदर घटाउन माग गर्दै आन्दोलन गर्नुको मूल कारण पनि यही नै हो ।
संस्थागत निक्षेपको ब्याजदर बढी हुँदा ठूला संस्थागत निक्षेपकर्ताहरूमा जोखिम मोल्न नचाहने र विनाजोखिम ठूलो रकममा ब्याज खाएर बस्ने प्रवृत्ति बढेको छ । ती ठूला संस्थागत निक्षेपकर्ताहरू उत्पादनमूलक क्षेत्रमा लगानी गरेर अर्थतन्त्रलाई चलायन बनाउनुभन्दा पनि बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजमा संस्थागत निक्षेप राख्ने गरेका छन् । संस्थागत निक्षेप राख्नको लागि ती संस्थाहरूले बोलकबोल आह्वान गरी जुन संस्थाले बढी ब्याज दिन्छ त्यही बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत निक्षेप राख्न दिने गरेका छन् । यसको नकारात्मक प्रभाव अहिले वित्तीय प्रणालीमा देखिएको छ । संस्थागत निक्षेपको ब्याज महंगो हुँदा कर्जाको ब्याज महंगो हुने र कर्जाको ब्याज महंगो हुँदा उत्पादित वस्तु तथा सेवाको मूल्य बढ्ने गर्छ । यसले गर्दा समग्र बस्तु तथा सेवाको बजार नै महंगिन पुग्छ । यो महंगीको धेरै कारणमध्येको एउटा कारण हो, कर्जाको ब्याज महंगो हुनु । कर्जाको ब्याज महंगो हुनुको पनि प्रमुख कारण हो, संस्थागत निक्षेपको ब्याज महंगो हुनु ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अहिले नेपाली बैंकिङ क्षेत्र अर्थात् २१ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५५ वटा संस्थाहरूमा कुल ५४ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कुल कर्जा रकम ४८ खर्ब ४५ खर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंककै पछिल्लो तथ्यांकअनुसार बैंकिङ क्षेत्रमा रहेको कुल निक्षेपमध्येमा संस्थागत निक्षेपको अनुपात ३६ दशमलव आठ प्रतिशत रहेको छ । नेपाली बैंकिङ क्षेत्रमा ठूला संस्थागत निक्षेपकर्ताहरूमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, प्रहरी कल्याणकारी कोष, सशस्त्र प्रहरी कल्याणकारी कोष, नेपाल टेलिकम, युवा स्वरोजगार कर्जा, कर्जा तथा निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल राष्ट्र बैंक, विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरू हुन् । यी सबै संस्थाहरूले ब्याज आम्दानी गर्ने प्रमुख उद्देश्यसहित आफ्नो ठूलो परिमाणको रकम बैंक तथा वित्तीय संस्थामा संस्थागत निक्षेपको रूपमा राखेका छन् । यदि राज्यले सहीरूपमा कर्जाको ब्याज घटाएर अर्थतन्त्रमा देखिएको मूल्य वृद्धिको चापलाई थोरै मात्र भए पनि कम गर्ने हो भने संस्थागत निक्षेपको ब्याज घटाउनै पर्छ । किनकि वित्तीय प्रणालीमा रहेको ५४ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेपमध्ये संस्थागत निक्षेपको रूपमा रहेको ३६ दशमलव आठ प्रतिशत निक्षेपको ब्याज घट्दा यसले कर्जाको ब्याज पनि घटाउँछ । जुन अर्थतन्त्रको लागि धेरै हदसम्म राम्रो हो । यसको लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र सरकार आफँैले पहलकदमी लिनु पर्छ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया